» » गोविन्द केसीले अनसन तोडे अब तिवारीले कहिले तोड्ने सरकार


राजविराज मंसिर २० गते । २२ दिनपछि काठमाडौंमा डा.गोविन्द केसीको अनसनलाई सरकारले १२ बुँदे सम्झौता गरेर तोडाएको छ तर, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुविधा सुधार गर्न माग राख्दै नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले थालेको अनशन १३ औं दिन भइसक्यो तर सरकारले कुनै चासो लिएको छैन ।

अनशनमा बस्नु भएका तिवारीको स्वास्थ्यमा समस्या उत्पन्न हुन थालेको छ । मोर्चाले संयुक्त रुपमा अनसन थालेको थियो तर अस्पताल प्रशासनसँग मिलेर तिवारीको साथ छाडेर चारजना अनसनकारीले अनसन तोडेपनि तिवारीले अनसन तोडेको छैन ।

उहाँको स्वास्थ्यमा समस्या देखेपछि स्लाईन पानी चढाईएको उपचारमा संलग्न चिकित्सकले बताउनु भएको छ । ।

रिफर सेन्टर बन्दै गएको अञ्चल अस्पतालमा सुधार गर्र्न माग गर्दै पटक–पटक आग्रह गर्दा पनि अस्पताल प्रशासन र सरकारले ध्यान नदिएको भन्दै मधेशी मोर्चा सप्तरीको आह्वानमा गत मंसिर ८ गतेदेखि तिवारी लगायतले अनसन सुरु गका थिए ।

तर अस्पताल सुधार गर्ने पटक पटक आश्वासन दिएपनि हालसम्म कुनै सुधार देखिएको छैन ।

तिवारीले अस्पतालसँग राखेका मागहरु

–अस्पताललाई बालमैत्री बनाउनुपर्ने

–भर्ना भएका रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध गराउनुपर्ने

–स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने

–अस्पतालको मूल गेट निर्माण हुनु पर्ने

–नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक÷प्राविधिक उपलब्ध हुनु पर्ने

–अस्पतालमा प्रसुति गृह लगायत निर्माणाधीन भवनहरूको निर्माण कार्य अविलम्व पुरा

–अस्पतालमा सरकारले उपलब्ध गराउने औषधीहरूको सुची अस्पताल परिसरमा राखिनुपर्ने

–आ।व। २०७२र०७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सोको खर्च विवरण उपलब्ध गराउनु पर्ने

–अस्पतालमा स्वास्थ्य विभाग आपूर्ति महाशाखाको तालिका अनुसार आ।व।२०७२र०७३ को विकास र साधारण शिर्षकको बजेट तथा खर्च भएर जाने जिन्सी, नगदी आय–व्यय विवरण उपलब्ध गराउनु पर्ने

–अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानविन हुनु पर्ने

–सुत्केरी र २८ दिनसम्मको शिशुको निःशुल्क उपचार हुनु पर्ने


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..