» » संशोधन विधेयक संसद्बाट पारित हुँदैन ः एमाले नेता लालबाबु यादव


काठमाडौ पुस १६ गते ।  नेकपा एमालेका नेता लालबाबु यादवले संशोधन विधेयक संसद्मा दर्ता भए पनि पारित नहुने दावी गर्नुभएको छ ।
सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन विधेयकलाई संसद्मा लैजाने सहमति भएलगतै राजधानीमा आयोजित एक कार्यक्रममा नेता यादवले भन्नुभयो, ‘संशोधन विधेयक संसद्मा दर्ता भए पनि पारित हुँदैन, सत्तारुढ दलभित्रै संशोधन प्रस्तावलाई लिएर शिर्ष नेताहरु असन्तुष्ट छन् ।’

नेपाली कांग्रेस पनि प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्तावप्रति सन्तुष्ट नभएको बताउँदै संशोधन पारित हुनेमा आशंका गर्नुभयो ।

 उहाँले संशोधन विधेयक सच्याएर ल्याए नेकपा एमाले संविधान संशोधनको लागि तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन विधेयकको विरोध अरु दलबाट हुँदा राष्ट्रवादी हुने र एमालेले विरोध गर्दा मधेस विरोधी पार्टी हुने भन्दै आक्रोस समेत प्रकट गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..