» » तमलोपामा कति सदस्यता वितरण



कपिलवस्तु, २५ मंसीर । तराई मधेस लोकतान्त्रिक पार्टीले मुलुक भर सदस्यता नविकरण र वितरण अभियानलाई तिब्र बनाएको छ ।

पार्टीले मंसिर १ गते बाटै मुलुकभर “बृहत राजनैतिक शक्ति निर्माण, तमलोपा सदस्यता अभियान” भन्ने मुलनाराका साथ सदस्यता बितरण र नबिकरण शुरु गरिएको हो । अभियान अन्र्तगत जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का चार हजार बढि सदस्यलाई सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गरिएको पार्टीका केन्द्रिय सदस्य तथा पुर्व भौतिक योजना राज्यमन्त्री ईश्वर दयाल मिश्रले बताउनुभयो ।

 उहाँले सो निर्वाचन क्षेत्रको भिल्मी, कुशहवा र हर्दौना सहित आधा दर्जन गाबिसमा सदस्यता बितरण र नविकरण सम्पन्न भएको मिश्रले जानकारी दिनुभयो ।

मंसिर महिना सम्म हुने नबिकरण र बितरण गरिने सदस्यता अभियान महाराजगंज, बलरमवापुर र भलवारी लगायतका गाबिसमा सुचारु रहेको जनाउदै थुनिहा, लालपुर, मानपुर र कजरहवा लगायतका गाबिसमा तत्काल अभियान शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

सदस्यता बितरण तथा नविकरणमा आफनो क्षेत्रमा उत्साहजनक सहभागीता रहेको जनाउदै उहाँले आफु सबै गाबिसमै पुगेर अभियान सफल बनाउन लागी परेको बताउनुभयो ।

अभियानका क्रममा संघिय समाजबादी फोरम, नेपाली काँग्रेस र राप्रपाका कतिपय नेता कार्यकर्ता तमलोपा प्रबेश गरेको केन्द्रिय सदस्य मिश्रले जानकारी दिनुभयो ।

यसैगरी तराई मधेशका हरेक जिल्लाहरुमा सदस्यता अभियानलाई तिब्रता दिईएको पार्टीका महामंत्री बृजेश कुमार गुप्ताले बताउनुभयो ।

आफु केही दिन अघि मात्रै पुर्वी तराईका जिल्लाहरुमा संगठन सुदृढीकरण् अभियान सकेर जिल्ला फर्केको र जिल्लाका सवै निर्वाचन क्षेत्रमा अभियानलाई तिव्रता दिईने नेता गुप्ताले बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..