» » संशोधनका कारण एमाले छाडेर तारणी फोरम नेपालमा

सिरहा मंसिर १८ गते । एमाले सगरमाथा कमीटी (हाल प्रदेश समिति) सदस्य तरणी प्रसाद यादव सो पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रदेश गर्ने भएका छन् ।

फोरम नेपालको तर्फंबाट मंसिर २१ गते हुने एक कार्यक्रम बीच उहाँ सो पार्टीमा प्रवेश गर्ने बताइएको छ ।
एमाले हुँदा क्षेत्रमा चुनाव लड्नका लागि पटक पटक प्रयास गर्दा पनि केन्द्रले चुनाव लड्न नदिएको गुनासो उहाँको छ । उहाँले भन्नुभयो, जिल्ला तथा क्षेत्रबाट चुनावका लागि टिकट पाउनुपर्छ भनि मलाई छनौट गरेर पठाएको थियो तर केन्द्रले दिएन ।

राप्रपाबाट राजनीतिक यात्रा शुरु गर्नुभएका तारणीप्रसाद यादव जिल्ला विकास समितिका सदस्य पनि हुनुहुनुहुन्थ्यो भने उहाँ युवक संगठन तथा किसान संघको समेत अध्यक्ष हुनुहुन्थ्यो ।

एमालेको मधेशप्रतिको सोच र खोक्रो राष्ट्रवादका कारण त्यहाँ बस्न मन लागेर साधारण सदस्यसमेत बाट राजिनामा दिएको यादवले बताउनुभयो ।

मधेशी जनताका लागि संघर्ष गर्नुपर्ने ठाउँमा उल्टै संशोधनबाट अधिकार पाएपछि त्यसका लागि आन्दोलन गरेका एमाले पार्टीमा बस्नुको औचित्य आफूले नदेखिएको बताउँदै उहाँले एमाले पार्टी मधेश विरुद्धी पार्टी हो भनि पुष्टि भइसक्दा पनि त्यहाँ मधेशीहरु बस्नुको कुनै अर्थ नरहने बताउनुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..