» » उपेन्द्र यादवले भन्नुभयो, संशोधन प्रस्ताव सुधारेर ल्याए मात्र पास हुन्छ


सिरहा, मंसिर २४ गते । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले पेस गरेको संशोधनको प्रस्ताव सुधारेर ल्याए पास हुने विश्वास व्यक्त  गर्नु भएको छ ।

हिजो सिरहाको लहानमा आयोजित पार्टी प्रवेश सभालाई सम्बोधन गर्नुहुँदै यस्तो विश्वास व्यक्त गर्नु भएको हो । पेस गरेको प्रस्तावमा अझै पनि व्यापक सुधारको खाँचो रहेको औल्याउदै मधेशी जनजाती र आदिवासीको समस्या समेटन नसकेको बताउनु भएको छ ।

भाषा, भेष र संस्कृतिको पहिचान झल्किने संघियता नै गणतन्त्रको आधार भएको भन्दै यसलाई वेवास्ता गरे मधेशी जनजाती र आदिवासीको भावनालाई सम्वोधन नभएसम्म यो संविधान पुरा नहुने उहाँले धारणा राख्नु भएको छ ।

एमाले नेतृत्वको ओली सरकारको वर्हिगमन  र प्रचण्ड सरकारको गठन नै समस्या समाधान र संविधानलाई साझा दस्तावेज बनाउन संविधान संशोधन प्रमुख काम भएको भन्दै प्रचण्ड नेतृत्वको सरकारले ल्याएको प्रस्ताव अझै पनि त्रुटीपूर्ण रहेको उहाँले भन्नुभएको छ  ।

एमाले काँग्रेस र एमाओवादी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई अध्यक्ष यादवले अविर र फूलको माला लगाएर पार्टी प्रवेश गराउनु भएको छ । सभामा उपाध्यक्ष रेणु कुमारी यादव, कोषध्यक्ष विजय यादव र केन्द्रिय सदस्य डा. विरेन्द्र महतो र राजलाल यादवले आफनो मन्तव्यमा एमाले मधेश विरोधी भएको आरोप लगाँउदै आफनो मन्तव्य राख्नु भएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..