» » ‘तार से गिरा तो खजुर पे अटका’ जस्तै मधेशी मोर्चा !


काठमाडौ मंसिर ३० गते । र्सवप्रचलित एउटा भनाई छ ‘तार से गिरा तो खजुर पे खटका’ । मधेशवादी दलका लागि अहिले त्यही अवस्था हुँदैछ । सविधान निर्माण हुन लाग्दा माओवादीसँग संयुक्त आन्दोलन गरेर राज्यको एउटा रौंसम्म हलाउन नसकेको मधेशी मोर्चा अब माआवादीबाट अलग भएका डा.बाबुराम भट्टराईको नयाँ शक्ति नेपालसँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी गरिरहेको बुझिएका छ ।

३० दलीय गठबन्धन बनाएर माओवादीसँग देशैभरि आन्दोलन गरे । साथमा प्रचण्डलाई बोकेर कहिले मधेशका टाइगर त कहिले देशका मसिहाको उपमा दिएर मधेशी मोर्चाका नेताहरु देशैभरि डुलाएका थिए तर त्यही माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड मधेशी मोर्चालाई विचैमा छाडेर एमाले र काँग्रेससँग मिलेको थियो । त्यो बेलाको अवस्था मधेशी मोर्चाको हेर्न लायक थियो ।

बरु मधेशी मोर्चाले आफ्नै बलबुत्तामा आन्दोलन गर्दा विश्वलाई नै ध्यानाकर्षण गर्न सफल भएको थियो तर अहिले कतै कुनामा रहेका डा.बाबुराम भट्टराई मधेशको नाममा आन्दोलन गर्न तम्सिएका छन् कहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त विज्ञप्ति जारी गछंन् भने कहिले मधेशी मोर्चाका नेताहरुलाई कफी खान बोलाउँछन् ।

नयाँ शक्ति पनि मधेशकै आडमा खोलेका थिए । मधेशमा सविधानको विरुद्धमा आन्दोलन भइरहेको बेला त्यसको समर्थन गर्दै माओवादी छाडेर नयाँ शक्ति गठन गरेका थिए तर भट्टराई मधेशी जनताले कुनै भाव दिएन । तैपनि उनी हरेश खाएनन् । ठाउँ र उपाय खोज्दै हिडे ।

 यता आएर सविधान संशोधनको लफडा मधेशी मोर्चासँग चलिरहेको बेला त्यसमा हामफालेका छन् । उनले आज मधेशी मोर्चाका नेताहरुलाई बबरमहलस्थित केशवमान शाक्यको घरमा बोलाएर गोहीका आँसु झार्दै भने, यो सरकारले सविधान संशोधनको यस्तो प्रस्ताव ल्याएर मधेशीलाई अपमान गरेको छ, यसको विरुद्धमा आन्दोलन गर्नुपर्छ ।’

आज आफ्ना पार्टीका नेता शाक्यको घरमा बोलाएर मार्चोका नेताहरुलाई उक्साउसम्म उक्साए । मधेशी मोर्चाका नेताहरु न हुन् । बाबुराम भट्टराईले भनेपछि उक्सी हाल्ने । अब मधेशी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्ड र काँग्रेसका सभापति शेरबहादुर देउवासँग फाइनल कुरा गर्ने रे । ‘तार से गिरा तो खजुर पे अटका’ जस्तै मधेशी मोर्चा !

कि प्रस्तावलाई परिमार्जन गर्ने हो कि होइन । परिमार्जन नगरि सविधान संशोधन प्रस्ताव पारित भयो भने त्यसलाई स्वीकार नगरी चुनावको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिने कुराको प्रतिवद्धता बाबुराम भट्टराई समक्ष जनाएका छन् ।

भोली या पर्सी डा.बाबुराम भट्टराई र तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रचण्ड  र शेरबहादु देउवालाई भेट्ने । सो भेटमा सधिवान संशोधन र चुनावको बारेमा आइरहेको कुरामा स्पष्ट पार्न आग्रह गर्नेछ ।


मधेशी मोर्चाको अनुसार भयोभ न ठिक नभए आनदोलनमा जानेछ ।  आज भएको छलफलमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार संयोजक भट्टराईले मधेशी मोर्चाले भनेको जस्तो सधिवान संशोधनको प्रस्ताव नआएको, अर्कोतिर चुनावमा जाने कुरा पनि भइरहेको, त्यो पनि स्थानीय निकायको पुनः संरचनाविना नै यो त प्रतिगमन कदम हो यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने धारणा राखेका थिए ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि आफूहरुसँग भएको सम्झौता विपरित सरकारले गतिविधि गरिरहेको भन्दै छलफलमै चित्त दुखाएका थिए ।

 प्रधानमन्त्री प्रचण्डले आफूहरुसँग कुरा गर्दा प्रस्ताव परिमार्जन गरेर पास हुने भनेको तर तीन दलबीच कुरा हुँदा उनीहरुले प्रस्तावलाई थाँती राखेर भएपनि चुनावमा जाने भनिरहेका छन् यसले अन्योल भएको बताउँदै उनले यस विषयमा स्पष्ट हुन आफूले प्रधानमन्त्री प्रचण्ड र काँग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्ने भट्टराई जानकारी गराएका थिए ।

बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहता, नेपाल सद्भावना पार्टीका नेता राजिव झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झालगायतको उपस्थिति थियो भने नयाँ शक्तिको तर्फबाट डा.बाबुराम भट्टराई, पसाङ शेर्पा, कोशवमान शाक्य थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..