» » मधेशीलाई अधिकार नदिए नेपालमा समस्या हुन्छ

–मानिकान्त ठाकुर
सञ्चारकर्मी, भारत विहार (पटना)
मनिकान्त ठाकुर विहार पटनाका सक्रिय पत्रकार हुनुहुन्छ । १८ वर्षसम्म बीबीसी हिन्दी सेवामा काम गरिसकेका हाल उहाँ रिटायर्ड हुनुभएको छ । स्वतन्त्र लेखन कार्यमा सक्रिय ठाकुरसँग मसिर १४ गते पटनामा भेटेका थियौं, उहाँसँग नेपाल भारतको सम्बन्ध बारेमा छोटो कुराकानी गरेका थियौंः

पछिल्लो समय नेपाल र भारतको सम्बन्धलाई कसरी लिनुभएको छ ?
–पछिल्लो समय दुई देशबीचको सम्बन्धमा केही चिसोपना देखिएपछि यो दीर्घकालिन होइन, चाँडै मिल्ने खालको छ । जो नजिक हुन्छ उसैसँग खटपट हुन्छ र चाँडै मिल्छ पनि भारत नेपालको सम्बन्ध पनि त्यस्तै हो । केही कुरा तलमाथि भएपछि सम्बन्धमा तलमाथि भएको देखिएका हुन्छ तर मिल्छ पनि ।

भनिन्छ, भारतले नेपालको हरेक कुरामा हस्तक्षेप गरेका हुन्छन रे, के यो सही हो ?
–मलाई त्यस्तो लाग्दैन । म रिर्पोटिगंका लागि पटक पटक नेपाल गएको छु । त्यहाँका विभिन्न नेता तथा व्यक्तिहरुसँग मेरो सम्पर्क हुन्छ । मैले नेपालमा भारतको कतै हस्तक्षेप देखेको छैन । भारत र नेपालबीचको मित्रवत सम्बन्ध विश्वमा कतैपनि छैन । यसलाई हस्तक्षेप भन्न मिल्दैन । तर आफ्नो देशको सुरक्षामा चासो लिएको अवश्य नै हो । भारत हरहमेशा आफ्नो देशको सुरक्षाका लागि चिन्ता गरेको मैले पाएको छु । नेपालमा पनि यदि कुनै कुरामा चासो लिएको छ भने त्यो सुरक्षासँग सम्बन्धित नै होला जस्तो लाग्छ ।

भारतका लागि नेपाल कसरी असुरक्षित हुनसक्छ ?
–भारतको मुख्य चासो चीन र त्यहाँका माओवादी नै हो । नेपालमा चीनको गतिविधि बढेको हो भनेर भारत निकै चिन्तित भएको मैले पाएको छु । नेपाली भूमिमा भारत विरुद्ध कुनै गतिविधि नहोस् भनि भारतले चाहेका छन्, त्यसलाई नै रोक्नका लागि भारतले नेपालमा आफ्नो चासो बढाएको हो । मेरो विचारमा यसलाई हस्तक्षेप नभन्दा राम्रो । अर्को कुरा माओवादी (नक्सलवादी) को गतिविधिले भारत पिडित हुँदै गएको छ । भारतमा माओवादीले सशस्त्र आन्दोलन गरिरहेका छन् भने नेपालमा माओवादी जनयुद्ध गरेर संसदीय राजनीतिको मुलधारमा गएको छ । त्यसका असर भारतीय माओवादीमाथि असर पर्न सक्छ । नेपालमा माओवादीले यतिका राम्रो गरेको छ भने हामीले किन गर्न सक्दैनौ भनि भारतका माओवादीलाई पनि लाग्न सक्छ त्यही भएर नेपालको माओवादीमाथि भारतको चासो रहेको छ ।

पछिल्लो समय नेपालमा भएको सविधान निर्माणमा पनि भारतले हस्तक्षेप गरेको देखिन्छ नि ?
–हैन यसलाई कसरी हस्तक्षेप भन्नसक्नु हुन्छ तपाईले । नेपालका ठूलो जनसँख्या रहेका मधेशी, आदिवासी जनजातिहरुले अधिकार पाएको छैन । त्यसको कारणले द्धन्द फैलिएको छ त्यसको अधिकार दिनुस् भन्दा कसरी हस्तक्षेप भयो । सबभन्दा नजिकको छिमेकी भएको नाताले सुझाव र सल्लाह दिन सकिन्छ, त्यसलाई हस्तक्षेप भन्न मिल्दैन ।

यो त आन्तरिक समस्या हो, नेपालीहरुलै आफै मिलाउन सकिन्छ, यसमा भारतले किन चासो लिनुपर्यो ?
–गाउँघरमा तपाईले हेर्नुहुन्छ कि कुनै छिमेकीको घरमा झगडा भयो वा केही अप्ठ्यारो भयो अर्को छिमेकीले चासो लिन्छ त्यहाँ गएर नै सल्लाह सुझाव दिन्छन् । नेपाल भारतबीच पनि त्यस्तै हो । नेपाल भारतबीचको सम्बन्ध यस्तो हो कि कुनै देशमा केही भयो भने त्यसको असर दुवैमा पर्छ । त्यस कारणले चासो लिनु स्वभाविक हो । मधेशी जनताले अधिकार पाएन र उनीहरुले आन्दोलन गर्न थाल्यो भने त्यसको प्रत्यक्ष असर भारतमाथि पर्छ । भारतको विहार, युपीमा त्यसको प्रत्यक्ष असर परिरहेको हुन्छ । त्यसैले सिमा क्षेत्रमा कुनै पनि प्रकारको द्धन्द नहोस् भनि चाहेका हुन्छ । पछिल्लो समय मधेशमा लामो समय आन्दोलन हुँदा भारतमा त्यसको ठूलो असर पर्यो । छेउछाउका बजारका व्यपार सुकियो । त्यो भन्दा पनि बोर्डरमा डिस्टर्व भयो भने भारतले सुरक्षालाई लिएर बढी चासो लिएका हुन्छ ।

नेपालका मधेशी जनताले आफ्नो अधिकारका लागि लामो समयदेखि आन्दोलन गरिरहेका छन् तर समाधान देखिएका छैन, एउटा पत्रकारको नाताले तपाईले त्यसलाई कसरी लिनुभएको छ ?
–म एक लाइनमै भन्छु, मधेशीलाई अधिकार दिएन भने नेपाललाई धेरै समस्या हुन्छ । नेपालका कुल जनसँख्याको आधाभन्दा बढी मधेशमा रहेका छन् । यदि त्यसले अधिकार पाएन भने आन्दोलन हुन्छ र त्यो आन्दोलनका कारण नेपाल अस्तव्यस्त हुन्छ, द्धन्द कायम नै रहन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..