» » उपेन्द्र यादवको चेतावनीः जवर्जस्ती चुनाव गराए ज्ञानेन्द्र जस्तै हालत हुन्छ

काठमाडौं, पुुस १३ गते । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा काँग्रेस र एमाले लागेको आरोप लगाउँदै भन्नुभयो, ‘अहिले काँग्रेस र एमाले गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेका छन् ।’

उहाँले प्रमुख सत्तारुढ दल काँग्रेसले दोधारे चरित्र देखाएको आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको आरोप लगाउनुभयो ।

‘काँग्रेसले अहिले दोधारे चरित्र देखाएको छ, नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता उतारेर संशोधनको विरुद्धमा आन्दोलन मच्चाउने, यो दोधारे चरित्र हो, अध्यक्ष यादवले भननुभयो, काँग्रेस र एमालेको भूमिका नै आन्दोलनका उपलब्धिहरु धरापमा पार्ने खालको रहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो राजासँग मिलेर काँग्रेस तोडेर बहुदलीय व्यवस्था नै धरापमा पारेको ईतिहास छ, फेरी त्यही भूमिकामा जाने हो कि भन्ने खतरा छ ।’

उहाँले प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले संविधान संशोधन नगरीकन चुनाव गरे मुलुक द्धन्द्धतर्फ जाने चेतावनी पनि दिनुभयो । अध्यक्ष यादवले भन्नुभयो, ‘काँग्रेस–कम्युनिष्टहरुको बुद्धि पनि विचित्रको छ, अहिलेको संविधानले स्थानीय तहको चुनावको परिकल्पना गरेको छ, तर उनीहरु स्थानीय निकायको चुनाव गर्ने भनिरहेका छन्, अब कुन संविधानलाई समातेर चुनाव गर्ने हुन ? ०४७ कै संविधानलाई समातेर गर्न खोजेको हो भने त अर्कै कुरा ?’

उहाँले मुलुकको वर्तमान राजनीतिक गत्यावरोध फुकाउने एकमात्रै बाटो भनेको संविधान संशोधन भएको बताउँदै भन्नुभयो, ‘संविधान संशोधन गर्नुको विकल्प छैन, सरकारले संशोधन प्रस्ताव दर्ता गरेको छ, त्यो पनि अपूरो र अधुरो छ, प्रधानमन्त्रीले त यो प्रस्तावलाई परिमार्जन  गर्छु भन्नुभएको छ, परिमार्जन भएर तीनवटै निकायको चुनाव गर्ने कुरा गर्नुभएको छ ।’

अध्यक्ष यादवले संविधान संशोधन नगरीकन गरिने कुनै पनि चुनाव आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभयो । ‘यदि जबरजस्ती चुनाव गरियो भने मोर्चाले त्यसलाई मान्दैन्, एक समयमा पूर्वराजा ज्ञानेन्द्रलेपनि यस्तै चेष्टा गरेका थिए, तर हालत के भयो ? समस्या राजनीति छ अनि चुनाव गराउँछु भनेर हुन्छ ? उहँँले चेतावनी दिँदै भन्नुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दल एमालेले संशोधन प्रस्तावको विरोधमा संसद अवरुद्ध गरेर गलत काम गरिरहेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो केपी ओली आँफैले हस्ताक्षर गरेको प्रस्ताव अहिले आउँदा किन विरोध गरेको हो ? मलाई त आश्चर्य लागेको छ, हिजोको आफ्नै प्रस्तावमा आज आन्दोलन गर्नु भनेको अनौठो हो ।’

उहाँले एमालेका नेताहरुले पछिल्लो समय दिएका अभिव्यक्तिहरुले मुलुकको राष्ट्रिय एकता सामाजिक सद्भाव खलबलाउने भन्दै चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष यादवले एमाले र यसका नेताहरुले दिएको अभिव्यक्तिलाई लिएर मोर्चाको घोर आपत्ति रहेको समेत बताउनुभयो ।

तर प्रधानमन्त्र ी प्रचण्डले त चुनाव गराउने घोषणा गरिसकेका छन्, अब तपाईहरु के गर्नुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले संविधान संशोधन नगरिकन गरिने चुनाव आफूहरुलाई मान्य छैन, यसले मुलुकलाई थप द्धन्द्धमा लैजाने बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..