» » ऋत्विक रौशन काण्ड बारे नेपाल सद्भावना पार्टीले जारी गर्यो यस्तो विज्ञप्ति



मिति : २०७३ पुस ११ गते
प्रेस विज्ञप्ति

आजकै दिन २०५७ पौष ११ गते एक भारतीय फिल्म कलाकार ऋत्विक रौशनले दिएका अभिब्यक्तिको प्रतिक्रियास्वरुप काठमाण्डौ लगायत देशका विभिन्न पहाडी स्थानमा मधेशीहरुलाई लुटपाट, कुटपिट र मारकाट गरिनुका साथै सम्पत्ति र प्रतिष्ठा समेत माथी आक्रमण गरीएको थियो । त्यति मात्र होइन, त्यस बखत मधेशी जनताको एकमात्र राजनीतिक आस्थाका केन्द्र, नेपाल सदभावना पार्टीको केन्द्रिय कार्यालय, शान्तिनगर, काठमाण्डौ माथी आक्रमण र आगजनी गरिएको थियो ।
त्यस घटनालाई ऋत्विक रौशन काण्डको रुपमा हामी स्मरण गर्दै त्यस दिनलाई कालो दिवशको रुपमा याद गर्ने गर्दछौं ।  सो काण्डको छानविन गर्न गठित आयोगको प्रतिवेदनलाइ सार्वजनिक गर्न र त्यस प्रतिवेदनमा दोषि ठहर गरिएकाहरूलाई कारवाही गर्न नेपाल सरकार संग नेपाल सदभावना पार्टी माग गर्दछ।


(मा.डा.डिम्पल झा)

                                                                                                                                                                         प्रवक्ता    

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..