» » मटकोर विधि सम्पन्न


जनकपुरधाम, मङ्सिर १८ गते । भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न भएको छ ।

त्रेतायुगमा भगवान् सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न उक्त सागरबाट पवित्र माटो उत्खनन गरी लगिएकाले बर्सेनि विवाह पञ्चमी महोत्सवमा यसरी माटो लगिने परम्परा रहेको छ ।

मिथिलाको विधिअनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङ्गको सारी, चोलोलगायत नयाँ लुगा पहि¥याइ उक्त सागरमा नुहाउने गरिन्छ । मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाहसम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने परम्परा छ । मटकोर कार्य सम्पन्न भएपछि मिथिलाञ्चलमा बदाम, पुरी र खीर वितरण गर्ने चलन रहेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..