» » अनिल झाले सरिता गिरीलाई कारवाही गर्ने

सप्तरी मंसिर १८ गते । राजनीतिक के का लागि नेताहरुलाई प्रश्न गरियो भने उहाँहरुबाट समाज, देश, जनतासँग सम्बन्धित विभिन्न जवाफ आउन सक्छ तर सरिता गिरीको राजनीतिकमा जन्म हुनु भनेको नै मुद्दा मुकाविला हो भनि टिक्का टिप्पणी हुन थालेको छ ।

राजनीतिकको शुरुवातसँगै सधै विवादमा तानि रहने सरिता गिरी पछिल्लो समय पनि त्यस्तै गतिविधि गर्न थालेको चर्चा राजनीतिकमा सुन्न थालिएको छ ।

श्यामसुन्दर गुप्ता र खुशीलाल मण्डलसँग वर्षौसम्म सर्वोच्च अदालतमा मुद्दा लडेर नेपाल सद्भावना पार्टी हात पार्नुभएका सरिता गिरीले अनिल झा अध्यक्ष रहेको संघीय सद्भावना पाटीसँग एकीकरण गर्नुभएको थियो ।

एकीकरण भएको केही दिन नबित्दै पार्टी फिर्तां चाहियो भन्दै पार्टीमा विवाद सृजना गर्नुभयो । अन्ततः गिरीले पार्टी फिर्ता पाउनु भएन । अनिल झाले नेपाल सद्भावना पार्टीको महाधिवेशन पनि गराउनु भयो ।

पार्टीको महाधिवेशन भएपछि नेतृ गिरीले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभयो ।

अदालतमा मुद्दा दायर रहेकै बेला उहाँले अहिले आएर नेपाल सद्भावना पार्टीको अध्यक्षको रुपमा गतिविधि शुरु गर्नुभएको छ ।

अदालतले फैसला नगर्दै उहाँले पार्टीको नाम, झण्डा, चुनाव चिन्ह प्रयोग गर्न थालेकोमा पार्टीका अध्यक्ष अनिल झाले आपत्ति जनाउनु भएको छ ।

सरिता गिरीले पार्टीको नाम दुरुपयोग गर्नुभएको छ भने उहाँलाई कारवाही हुनसक्छ भन्दै अध्यक्ष झाले यसको बारेमा थप जानकारी लिएर अदालतलाई जानकारी गराएर कारवाहीको प्रकृया अगाडि बढाउने बताउनुभएको छ ।

हिजो नेपाल सद्भावना पार्टीका अध्यक्षको हैसियतमा कार्यक्रम गर्नुभएको उहाँसँग पार्टी विवादको विषयमा जान्नका लागि पटक पटक सम्पर्क गरे तर उहाँ सम्पर्कमा आउन चाहनु भएन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..