» » हिसाब किताबको कुरा आएपछि तुलाले निकाले यस्तो विज्ञप्ति


नेपाल मधेस फाउण्डेशनको प्रेस विज्ञप्ती
नेपाल मधेस फाउण्डेशन(नेमाफ)बारे विभिन्न प्रकारको समाचारहरू प्रकाशित भइरहेको छ । नेमाफ, नेपाल सरकारको प्रचलित कानुन अनुरूप गैर सरकारी संस्थाको रूपमा दर्ता भई विगत ९ वर्षदेखि क्रियाशील रहेको छ ।

 नेमाफले के कस्तो काम गरिआएको छ भन्ने कुरा यसमा कार्यरत कर्मचारी वा कार्यसमितिका सदस्यहरूले भन्नु भन्दा पनि समाज र राज्यका सम्बन्धित निकायहरूले मुल्याङ्कन गर्ने कुरा हो । 

हालसम्म कुनै पनि सम्बन्धित सरकारी निकायले माँगे अनुरूप हरेक दस्ताबेज यस संस्थाले बुझाँउदै आएको छ । र, त्यसको आधारमा हरेक वर्ष नविकरण पनि हुँदै आएको छ । हालसालै नेमाफमा कँही कतैबाट पनि कुनै प्रकारको सुचना उपलब्ध गराइ दिन कुनै प्रकारको पत्र आएको छैन । 

भविष्यमा त्यस्तो पत्र प्राप्त भएको खण्डमा नेमाफले आप्mनो जिम्मेवारी पुरा गर्ने नै छ । नेमाफबारे हाल प्रकाशित भइरहेको कुनै पनि समाचारबाट बिचलित नभई आप्mनो कार्यक्षेत्रमा जुटी रहन सम्पूर्ण कर्मचारी मित्रहरूलाई अनुरोध छ । नेमाफसँग अनुचित आर्थिक लाभ लिने उद्देश्य लामो समयदेखि केही व्यक्तिहरू अनेक प्रकारको प्रपञ्च रच्दै आएको थियो । तर नेमाफले कहिल्यै पनि कसैसँग सम्झौता नगरी आप्mनो कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्दैआएको छ ।

 आवश्यक परेको खण्डमा त्यस्ता प्रपञ्च र व्यक्तिबारे उचित समयमा तथ्यहरू सार्वजानिक गरिने छ । यसबारे कुनै प्रकारको भ्रममा नपर्न कार्यसमितिका पदाधिकारी तथा सधारण सदस्यहरूलाई पनि आग्रह गर्दछु । धन्यवाद ।
तुलानारायण साह
कार्यकारी निर्देशक
२०७३ मंसिर २८

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..