» » एमालेका नेता महतोले भन्नुभयो, हामी सविधान संशोधनको विपक्षमा होइनौ

काठमाडौं, मंसिर २३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शत्रुधन महतोले आफूहरु संशोधनकै पक्षमा हेको बताउनु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै नेता सांसदमा महतोले संविधान संशोधन प्रस्ताव तत्काललाई स्थगित् गरेर वा फिर्ता लिएर सबै दलहरुको सहमतिमा मधेशी मोर्चाको माग सम्बोधन गर्ने गरि संशोधन गर्नुपर्ने उपाय उनले सुझाएका छन् । उहाँले भन्नुभयो, ‘अहिले संविधान कार्यान्वयन गर्ने बेला हो, यस्तो बेलामा कार्यान्वयन गर्न छोडेर संशोधनको कुरा किन गरिँदैछ ?’

सांसद महतोले एमाले संविधान संशोधन गर्नै नहुने भन्ने पक्षमा नभएको उल्लेख गर्दै भन्नुभयो, ‘संविधान संशोधन गर्नै हुँदैन भन्ने पक्षमा हामी छैनौं, तर अहिले संशोधनको आवश्यकत हो कि होईन भन्ने कुरा हो, अहिले संविधान कार्यान्वयन गर्ने बेला हो ।’

संविधान कार्यान्वयन गर्नको लागि दलहरु मिल्नुको विकल्प नभएको भन्दै प्रमुख दल नेपाली काँग्रेसले सहमतिको राजनीति तोडेको उहाँले आरोप लगाउनुभयो ।

महतोले काँग्रेसले पहिलो पटक संशोधन गर्दा पनि आफ्नो पार्टीसँग यो नै अन्तिम संशोधन हो भनेर प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै भन्नुभयो, ‘पहिलेपनि काँग्रेसले दुईवटा विषयमा संशोधन गर्दा सबै समस्या हल हुन्छ, अब संविधान कार्यान्वयन गर्नेतिर जानुपर्छ भनेको थियो, तर अहिले फेरि संशोधनको कुरा गरिँदैछ ।’

उहाँले अहिले संशोधन माग गर्ने मधेश केन्द्रित दल नै प्रस्तावको पक्षमा नभएकोले प्रस्तावलाई जबरजस्ती अघि बढाउने काम गर्न नहुने बताउनुभयो । महतोले भन्नुभयो, ‘अहिले सरकारले संशोधन प्रस्ताव स्थगित् गरोस, नभए फिर्ता लिनुपर्यो, त्यसपछि सबै बसेर समस्याको समाधान हुनेगरि संशोधन गरौंला, हामी पनि संशोधन गर्नै हुँदैन भन्ने पक्षमा छैनौं ।’

मधेशी लगायत आदिवासी, जनजातीहरुको माग पूरा गराउनको लागि संशोधन प्रस्तावलाई राष्ट्रिय एजेण्डा बनाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, ‘अब एकचोटि अन्तिम पटकको लागि संशोधन गरौं ताकि समस्याको समाधान होस् ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..