» » मदिरा सेवनले लैङ्गिक हिंसा बढदो

     कपिलवस्तु पुस १ गते । जिल्लामा मदिरा सेवनका कारण लैङ्गिक हिंसा बढ्दो अवस्थामा रहेको एक सर्वेक्षणले देखाएको छ ।

साथी संस्था सञ्चालन गरेको आस्था परियोजना अन्र्तगत जिल्लाको सौराहा, सिहोखोर र हर्दौना गाबिसमा गरिएको सर्बेक्षणले मदिरा सेवनका कारण ५९ दशमलब शुन्य २ प्रतिशत हिंसा हुने देखाएको छ ।
 परियोजना अन्र्तगत तौलिहवामा आयोजित मदिरा सेवनका कारण हुने लैङ्गीक हिंसा न्युनिकरणका लागि अन्तरक्रियामा परियोजनाद्वारा सो तथ्य प्रस्तुत गरिएको हो ।

परियोजना अन्तरर्गत तीन गाविसका एकसय २८ परिवारमा सर्वेक्षण गर्दा ६१ परिवारले मदिरा सेवन गर्ने गरेको बताएको परियोजना संयोजक खग प्रसाद चापागाईले जानकारी दिनुभयो । मदिरा सेवन गर्ने ६१ परिवारमध्ये ४९ जनाको परिवारमा एकजनाले मात्र मदिरा सेवन गर्ने गरेको भेटिएको छ ।

त्यसै गरि ५० उत्तरदाताले आफै मदिरा सेवन गर्ने र ३३ जनाले दैनिक मदिरा सेवन गर्ने गरेको तथ्याङ्कले देखाएको जनाईएको छ । मदिरा सेवन गर्ने ३५ परिवारमा झगडा हुने गरेको, १४ परिवारमा दुर्घटना निम्तिएको, १६ जनामा कुटपिट र १ जनाले मानसिक सन्तुलन गुमाएको, समुदायमा मदिरा सेवनले सबै उत्तरदाता मध्य १ सय २८ महिला र बालबालिका सगै १२ बृद्धबृद्धा प्रभावित भएको जनाईएको छ ।

 मदिरा सेवन गर्ने परिवारका ३६ बालबालिकाको शिक्षा प्रभावित हुनुका साथै ३८ परिवारमा सामाजिक असर परेको देखिएको छ । मध्यपानका कारण भएको दुर्घटनामा एकवटा मात्रै उजुरी प्रहरीमा भएको र अन्य घटना समुदायमा मेलमिलाप गराएको सर्वेक्षणको नतिजाले देखाएको जनाईएको छ । कार्यक्रममा परियोजना संयोजक चापागाई संस्थाले सञ्चालन गरेको महिला आश्रय गृहमा सन २०१६ को हालसम्मको अवधीमा एकसय ५५ महिला तथा बालबालिकालाई आश्रय प्रदान गरेको जानकारी दिनुभयो ।

त्यसैगरि कार्यक्रममा मदिरा नियन्त्रणका लागि बनेका ऐन बारे जानकारी दिदै अधिवक्ता राजुकुमार श्रीवास्तवले खुल्ला मदिरा बिक्री वितरणमा नियन्त्रण, अनियन्त्रित मदिरा सेवन र मदिरा सेवन गरि समाजमा खलल पुर्याउनेलाई कारवाही र समय समयमा सचेतना प्रवाह आवश्यक रहेको बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..