» » रामधुनी मन्दिरमा बालाचतुर्दशी मेलाको तयारी


पूर्वी नेपालको सुनसरी जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल रामधुनीमा हुने वालाचतुर्दशी मेलाको तयारी पुरा भएको छ ।

सुनसरीको रामधुनीभासी नगरपालिका–१० मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रामधुनी मन्दिर लामो समयदेखि प्रचारप्रसार र संरक्षण अभावमा सङ्कटमा पर्न थालेको भएपनि मेलाले छुट्टै रौनक बढाउने भएको छ ।

नेपालको पर्यटकिय क्षेत्रको रुपमा रामधुनी बन क्षेत्रमा रामधुनी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । रामायण र राम कहानीसंग जोडिएको क्षेत्र भएको कारणले रामधुनी मेलालाई भारतीयहरुले समेत महत्वका साथ हेरिने गरेको छ ।

सुनसरी जिल्लाको एक नगरपालिका र ४ गाविसमा फैलिएको रामधुनी जंगलको मध्य भाग रहेको रामधुनी भासी नगरपालिका १० (साविकको सिंगिया गाविस वार्ड नम्बर २ को) रामधुनी मन्दिरमा यस वर्ष मंसिर १३ गते बलाचतुदर्शीका दिन धुमधामका साथ मेला लाग्दैछ । मेलाको पूवसन्ध्यामा रंगरौगन र सरसफाईको काम गरिएको छ । यस क्षेत्रको स्थलगत अवलोकन र भ्रमणका लागि प्रायः हिन्दु धर्मका मानिसहरु आउने गरेका छन् ।

यहाँको महिमा र मेलाको छुट्टै महत्व रहेको  छ । जल्लाको साविककको सिंगिया तथा हालको रामधुनी भासी र प्रकाशपुर गाउँ विकास समिति अन्तर्गतको मध्य भागमा पर्ने भएपनि जङ्गलको मध्यक्षेत्रको प्रख्यात धार्मिक स्थलको नाम हो रामधुनी ।

जहाँ प्रत्येक वर्ष बलाचतुदर्शी तथा रामनवमीको दिन भव्य तथा ठूलो मेला लाग्ने गर्दछ । ठूलो मेला लाग्ने क्रममा यहि मसिंर १३ गते सोमबार समेत रामधुनी मेला लाग्दैछ । यहाँको मन्दिरहरु र विश्राम स्थल तथा पोखरीको सफाई र रगं रोगनको काम धमाधम भईरहेको छ । केहि बाबाहरु र मजदुरहरु दिनभर मन्दिर क्षेत्रको  सरसफाई र रगं रोगनको काम गरिरहेको दृष्य देखिन्छ ।

भगवान राम १४ वर्ष वनवासको समयमा आएको बेला रामधुनीको बीचमा रहेको पोखरी, जुन पोखरीमा सिताले नुहाएको स्थानीयहरु दावी रहेको छ । साढे तीन सय वर्ष अगाडि नै जंगलमा रहेको तर अहिले जिर्ण अवस्थामा पुगको सिताले नुहाएको त्यो पोखरीको धमाधम सफाई भईरहेको छ ।


About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..