» » शिवचर्चा सुनेर आन्दोलन गर्दै उखु किसान


धनवीर महतो
महोत्तरी, पुस ८ गते । विभिन्न ६ सुत्रीय माग राख्दै आन्दोलनस्वरुप धर्नामा बसेका किसानहरुले आज शिवचर्चा सहितको धर्ना कार्यक्रम जारी राखेका छन । महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मुलगेटमा तालाबन्दी गरि धर्नामा बसेको आज सातौदिन किसानहरुले शिवचर्चा सुन्दै  धर्नामा बसेका हुन् ।

एक हप्तादेखि चिनीमिलको मुलगेटमा धर्नामा बसेका किसानहरुको माग सुनवाई नभएको भन्दै दवाव स्वरुप स्थानिय शिव मण्डलीद्धारा शिवचर्चा कार्यक्रमको आयोजना गरेको उखु उत्पादक संघ महोत्तरीका अध्यक्ष श्याम साँ शंकरले बताउनुभयो ।

यस अघि सम्पन्न भएको वार्तामा प्रमुख जिल्ला अधिकारीले सकारात्मक रुपमा प्रस्तुत भएकोले अबको केहीदिनमै आफुहरुको माग पुरा हुने अध्यक्ष शंकरले प्रतिक्रिया दिनुभयो ।

महोत्तरी उखु उत्पादक संघको अगुवाईमा महोत्तरीको किसानहरु उखुको मुल्य, चलान (उखु आपुर्ति पूर्जी)को व्यवस्था, सडकको मर्मत, प्रदुषणको व्यवस्थित लगायतका ६ सुत्रिय माग राख्दै आन्दोलन स्वरुप धर्ना दिदै आएका छन । गत शनिवारदेखि चिनीमिलको मुलगेटमा तालाबन्दी गरि धर्ना दिदै आएका अहिलेसम्म उनीहरुको माग पूरा हुन सकेको छैन ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..