» » बृषेशचन्द्र लालले भन्नुभयो, एमालेको नेतृत्व राष्ट्रघाती र विखण्डनकारी

काठमाडौ मंसीर ३० गते । तराई मधेश लोकतान्त्रिक पार्टीको उपाध्यक्ष बृषेशचन्द्र लालले नेकपा एमालेको नेतृत्त्व राष्ट्रघाती र विखण्डन वादी भएको बताउनु भएको छ ।

महोत्तरीको सनुखरामा पार्टीको सदस्यता अभियानको क्रममा बोल्दै उपाध्यक्ष लालले “नेकपा एमालेको नेतृत्त्व देशमा द्वन्द्वको निकास चाहँदैनन् । मधेशी र आदिवासीका मुद्दाहरुको सम्वोधन गरेर देशमा शान्ति स्थापना हुन न दिन षड्यन्त्र गरिरहेको बताउनुभयो ।

देशलाई पुनः द्वन्द्व र अशान्तिमा ढकेल्न वितण्डा मचाई अराजक स्थिति खडा गर्न मधेश बिरोधी आन्दोलनको नाममा साम्प्रदायिकता फैलाउने कोशिश गरिरहेको आरोप लगाउँदै उहाँले राष्ट्रघाती, विखण्डनवादी र विभाजन चाहने नेकपा एमाले हो मधेशवादी होइनन् भन्ने तथ्य अब उजागर भइसकेको बताएनुभएको छ ।

संशोधन प्रस्तावलाई संसदमा छलफलमा आउन न दिने नेकपा एमालेको कार्य लोकतन्त्र बिरोधी र गैरजिम्मेवारीपूर्ण रहेको लालको भनाई थियो ।

सनुखरा गाउँमा आज सम्पन्न तमलोपाको सदस्यता अभियानमा १६९ जनाले पार्टी प्रवेश गरी सदस्यता लिएका थिए र संजीत यादवको अध्यक्षतामा २१ सदस्यीय गाउँ ईकाई समिति गठन गरेका थिए ।

कार्यक्रममा जिला पार्टी अध्यक्ष अभिराम शर्मा, केसहरु सुशील शर्, रामशंकर मिस्र, दिपेन्द्र मिश्र आदि उपस्थित थिए ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..