» » एमालेलाई सप्तरीमा निषेध


सप्तरी मंसिर २० गते । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले सप्तरीमा एमालेको कार्यक्रम निषेध गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मोर्चाको बैठकले उक्त निर्णाय गरिएको मोर्चाका संयोजक अमरनाथ मण्डलले एक प्रेस विज्ञप्ती जारी गरी जानकारी दिनुभएको छ ।

मण्डलद्वारा जारि विज्ञप्तीमा पछिल्लो एक÷डेढ वर्ष यता एमाले अध्यक्ष केपी ओली लगायत शीर्ष नेताहरुले मधेश आन्दोलन र मधेश बारे विभिन्न नाकारात्मक टिप्पणी गरेको तथा मधेश आन्दोलनलाई बदनाम गर्ने काम मात्रै गरेको निष्कर्ष निकाल्दै एमालेको व्यवहार नसुध्रिएसम्म सप्तरीमा उसका कार्यक्रमहरु निषेध गर्ने निर्णाय भएको उल्लेख गरिएको छ ।

एमालेको व्यवहारमा परिवर्तन नआएसम्म उक्त पार्टीको जुनसुकै तह तप्काका कमिटिहरुले आयोजना गर्ने कार्यक्रमहरुलाई निषेध गर्ने निर्णाय भएको विज्ञप्तीमा उल्लेख छ ।

 एमालेको कार्यक्रम निषेधित गर्न मोर्चा आवद्ध दलका नेता कार्यकर्ताहरुलाई विज्ञप्ती मार्फत आह्वान समेत गरीएको छ । एक दिन अघि मात्रै पर्सामा समेत मोर्चाले यस्तै निर्णाय गरेका छन् । यस सम्बन्धमा नेकपा एमाले सप्तरीका कुनै पनि नेताले हाल सम्म कुनै प्रतिक्रिया भने जनाएका छैनन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..