» » मधेशी मोर्चाले प्रचण्डसमक्ष राखे यस्तो प्रस्ताव


काठमाडौ मंसिर १६ गेत । आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । \\

आजको छलफल अरु दिनभन्दा रमाईलो थियो । रमाइलो यो कारणमा थियो कि सरकारले सविधान संशोधन दर्ता गराएको दुई दिन नपुग्दै त्यसको विरोध हुन थाल्नु भयो ।

जसको लागि प्रधानमन्त्री प्रचण्डले सविधान संशोधनको प्रस्ताव दर्ता गराए आज उसैले विरोध गर्न थालेपछि बाध्य भएर प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुलाई बोलाएर कुराकानी गरेका छन् ।
मधेशी मोर्चाले नै चाँडो प्रस्ताव दर्ता गराउन भन्यो दर्ता भएपछि त्यसको विरोध गर्नु गैरजिम्मेवारी कार्य भएको प्रधानमन्त्री प्रचण्डले राखेको स्रोतको दावी छ ।
यो संशोधन प्रस्तावबाट मधेशी मोर्चाको कुनै माग पूरा नभएको हो भन्ने होइन, धेरै माग पूरा भएको छ तर करोखरेही बाँकी छ भने त्यसमा संशोधन राखेर पुरा गर्न सकिन्छ तर केही पूरा भएन भन्नु गलत हो, प्रधानमत्री प्रचण्डले भन्नुभएको थियो ।
त्यसको जवाफमा मधेशी मोर्चाले पनि यो प्रस्तावबाट सम्पूर्ण समस्या समधान हुन्छ भनि नभन्नुस्, यसलाई पूर्णता दिन पुनः संशोधन गर्न सकिने भन्नुस् भनेका थिए । आफूहरुल पनि सकारात्मक रुपले लिने तर पूर्ण होइन भन्ने कुरा मधेशी मोर्चाका नेताहरुले राख्नु भएको थियो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..