» » अनिल झाले भन्नुभयो, मधेशीको मत पाएर जितेका एमालेलाई चिन्नु जरुरी छ

राजविराज मंसिर २४ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संविधान संशोधन प्रस्ताव पूर्ण नरहेपनि आंशिक रुपमा सकारात्मक रहेको बताउनु भएको छ ।

पार्टीद्धारा आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेशी जनताको बलिदानी र कठोर आन्दोलनको बलमा संशोधन प्रस्ताव आएकोले यसलाई आंशिक सफलताको रुपमा लिनुपर्ने बताउनु भएको छ ।

यस प्रस्तावले मधेशको सम्पूर्ण मुद्दा सम्वोधन नगर्ने भएपनि प्राप्त उलब्धीलाई ग्रहण गरेर थप विषयहरुकालागि आन्दोलन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मधेशीलाई कुनै पनि हक अधिकार सहज रुपमा दिने पक्षमा ठूला दल नरहेको बताउँदै उहाँले संविधान संशोधन विरुद्ध नेकपा एमाले कठोर रुपमा प्रस्तुत भईरहेको बताउनुभयो ।

मधेशबाट मधेशवादी दलभन्दा बढी मत पाएकोले मधेशको पक्षमा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘संविधान संशोधनमा नेकपा एमाले थप लचिलो भएर प्रस्तुत हुनुपर्दछ, यदी आफ्नो शैलीमा परिवर्तन नल्याएन भने मधेशी जनताले पनि एमालेलाई चिन्नु जरुरी छ ।’

ठूला दलहरुले संविधान कार्यान्वयनको नाममा जसरी भए पनि देशमा स्थानीय निकायको चुनाव गराउन चाहिरहेको प्रष्ट्याउँदै उहाँले मधेशको समस्या समाधान नभएसम्म कुनै पनि तहको निर्वाचन हुन नसक्ने बताउनुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..