» » काठमाडौमा पानी पर्दा पटनामा छाता ओढ्ने सम्बन्ध

नेपालमा राजनीतिक उतार चढाव भइरहेको बेला पटनामा दुई दिन नेपाल भारतको सम्बन्धमा लामो बहस भयो । बीपी कोइराला सेन्टर फर नेपाल स्टडीले मंसिर १४ र १५ गते आयोजना गरेको बहसमा नेपाल र भारतका वरिष्ठ राजनीतिककर्मी, बुद्धिजिवी तथा पत्रकारहरुको उपस्थिति थियो । बहस थियो, २००७ सालको क्रान्तिमा नेपाल र पटना । अर्थात २००७ सालमा भारत विहारको पटनाले के भूमिका खेलेको थियो, त्यसको चर्चा गर्नुभयो, सरोकारबालाहरुले ।

बीपी कोइरालासँग सम्बन्धित संस्था भएका हुनाले कार्यक्रम बीपी कोइराला वरिपरी घुम्नु स्वभाविक नै थियो तर त्यो अस्वभाविक पनि थिएन किनभने २००७ सालको क्रान्तिका नायक बीपी कोइराला नै हुृनुहुन्थ्यो । आयोजक प्रोफेसर नवलकिशोर चौधरीले कार्यक्रमको शुरुमै भन्नुभयो, बीपी कोइराला नेपाली हुनुहुन्छ तर हामी उहाँलाई पटनावासी भन्छौ किनभने उहाँको अधिकाँश राजनीतिक जीवन पटनामा नै बितियो । त्यही भएर पटनाबासीले बीपी कोइरालाको ठूलो सालिक पटनामा निर्माण गरेको छ ।  

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेतृ चित्रलेखा यादवले नेपालको राजनीतिक मात्र होइन, त्यहाँको शिक्षाको शुरुवात पनि पटना, कलकत्ता र वणारसबाट भएको बताउनुभयो । नेपालका राणासँग लड्दा होस् वा २०४६ सालको जनआन्दोलन होस्, सबै यही पटनामा योजना बनाएर सफल भएको बताउँदै नेतृ यादवले राजनैतिक तथा शैक्षिक सम्बन्धले नेपाल र विहार (पटना) को सम्बन्ध बलियो भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने सेतुको काम यो पटनाले गरेको छ ।’

पटना र नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नेतृ यादवले सम्बन्धलाई अझ बलियो बनाउनका लागि यी दुईबीच यातायातको सुविधा सजिलो बनाउनुपर्ने बताउनुभयो । काठमाडौबाट पटना आउनका लागि विराटनगर भएर आउनु पर्यो, यदि पटना–काठमाडौ सिधै हवाई सुविधा भएको भए, आउ जाउ सजिलो हुन्थ्यो र सम्बन्ध अझ बलियो हुन्थ्यो भन्दै उहाँले पटना र नेपालको सम्बन्ध बीपी कोइरालालगायतका नेताहरुले शुरु गरेका थिए, यसलाई कायम राख्न दुवै देशले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

बीपी कोइराला पटना आवत जावत गरिरहँदा पटना–काठमाडौ हवाइजहाजको सुविधा थियो तर अहिले हटाएको छ । राजनीतिक विश्लेषक एवं पत्रकार चन्द्रकिशोरले भन्नुभयो, बीपी कोइरालाको राजनीतिक शुरुवात पटनाबाट भएको हो, त्यसैले होला नेपाल र भारतको सम्बन्ध राजनीतिक रुपमा बलियो देखिएको छ ।’

भारतका पूर्व एमपी एवं प्रोफेसर रामजी सिंहले पनि २००७ सालतिर नेपालको राजनीतिक चहल पहल नेपालभन्दा बढी पटनामा हुने गरेको उल्लेख गर्दै नेपालमा हुने हरेक राजनीतिक गतिविधिको योजना यही पटनबाट बन्ने गरेको धारणा राख्नुभयो । बीपी कोइराला पटना निवासी जस्तै यहाँका जनता, यहाँका राजनीतिककर्मी, पत्रकार, बुद्धिजीवीसँग घुलमिल हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, पछिल्लो समय गिरीजाप्रसाद कोइरालाको पनि चहलपहल बाक्लिएको थियो ।

राजनीतिक विश्लेषक सिके लालले पटनाका गंगा र नेपालका कोशीका कारण बीपीले पटनालाई आफ्नो दोस्रो घर मानेको दावी गर्नुभयो । बीपी कोइरालाको राजनीतिक घटनाक्रमको वर्णन गर्दै लालले दक्षिण एसियामा महात्मा गाँधीबाहेक बीपी कोइरालाको पनि नाम आउने गरेको चर्चा गर्नुभयो । तर बीपीको सम्बन्ध वा नेपाल भारतको सम्बन्धले मात्र हुँदैन, उहाँले भन्नुभयो, यदि नेपाल भारत असल छिमेकी हो भने दुखसुखमा साथ दिनु पर्यो तर विहारको तर्फबाट त्यस्तो देखिएको छैन । नेपाल सानो देश हो भनि नबिर्सिनुस्, हामी पनि काम लाग्छौं ।’

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पनि दुई देश बीचको सम्बन्ध आज वा दुई चार वर्षको होइन, हजारौ वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो । यी दुई देशबीचको सम्बन्ध राजनीतिक भन्दा व्यवहारिक र घरायसी रहेको छ, जो विश्वमा विर्लै पाइन्छ, उहाँले भन्नुभयो, ‘खासगरि मधेशी समुदाय र यहाँका समुदायसँग बेटीरोटीको सम्बन्ध रहेको छ, जो उच्च कोटीको छ ।’ यी दुई देशबीच रहेको सम्बन्धलाई विगार्ने षड्यन्त्र भएको दावी गर्दै उहाँले अगिंकृत नागरिकताको विवाद ल्याएर दुई देशबीच रहेको बेटीरोटीको सम्बन्धलाई विगार्ने काम भएको दावी गर्नुभयो ।

विदेशबाट आउने छोरीलाई बुहारी स्वीकार गर्ने तर नागरिक स्वीकार नगर्ने यो कस्तो व्यवस्था हो भनि प्रश्न गर्दै उहाँले यदि अंगिकृत नागरिकलाई कुनै अधिकार हुँदैन भने त्यस्तो व्यवस्थालाई खारेज गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विदेश बुहारीलाई वंशजको अधिकार दिनुपर्ने उहाँले माग गर्नुभयो ।

तराई मधेश लोकतान्त्रिक पाटीको महामन्त्री जितेन्द्र सोनलले नेपाल र भारतबीचको सम्बन्धमा पुनः मूल्यांकन गर्नुपर्ने बेला आएको बताउनु भएको छ । अब बीपीको सोचले नेपाल र भारतको सम्बन्ध अगाडि बढ्न नसकिने बताउँदै उहाँले नेपाल र भारतबीच राम्रो सम्बन्ध छ, एकअर्काको सहयोगी भन्ने गरेको तर भारतबाट कुनै सहयोग नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, मधेशी जनताले छ महिनासम्म आन्दोलन गरिरहँदा कहाँ थिए, भारत त्यो बेला सहयोग गरेको भए आज यो अवस्था हुने थिएन ।’ मधेशीलाई मार्ने, काँग्रेस, एमाले र माओवादी नै हो तर यसमा भारत किन बोलेका छैन, महामन्त्री सोनलको प्रश्न थियो ।

पटना नेपालको लागि ऐतिहासिक ठाउँ हो यसमा कुनै दुईमत छैन, तर त्यो सम्बन्ध शासन गर्नका लागि मात्र थियो भन्दै उहाँले अब आफूहरुलाई लाग्न थालेको छ कि नेपाली नेताहरुले पटनामा नेपालको राजनीतिक बारे होइन, मधेशीमाथि कसरी शासन गर्न सकिन्छ, उनीहरुलाई अधिकारबाट कसरी बन्चित गर्न सकिन्छ भन्ने विषयमा योजना बनाएको दावी गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले पनि पटनासँग आफूहरुको बेटीरोटीको सम्बन्ध भएपनि मधेश आन्दोलनमा त्यस प्रकारको सहयोग नपाएको गुनासो गर्नुभयो । नेपाली राजनीतिकका लागि पटना ऐतिहासिक ठाउँ हो त्यसका कुनै दुईमत छैन, तर मधेशमाथि नेपाली शासक जो यही पटनामा बसेर राजनीतिक गरे त्यसले विभेद गरिरहेको उल्लेख गर्दै उहाँले आफ्नो अधिकारका लागि हालसम्म आन्दोलनमा रहँदा पनि नेपाली शासक अधिकार दिन मानेको धारणा राख्नुभयो ।

प्रोफेसर रत्नेश्वर प्रसादले नेपालमा मधेशीलाई पहिचानको समस्या रहेको बताउँदै मधेशीलाई नेपालमा मात्र होइन अरु देशमा त्यस्तै पहिचानको समस्या रहेको धारणा राख्नुभयो । सन् १९५० भन्दा पछि मात्र मधेशीहरुले आफ्नो अधिकारका लागि संघर्ष गर्न लागेको उल्लेख गर्दै उहाँले पृथ्वीनारायण शाहदेखिको पालादेखि नै मधेशमाथि विभेद हुने गरेको टिप्पणी गर्नुभयो ।

गान्धी संग्राहालयका निर्देशक राजि अहमदले बीपी कोइरालाले उहाँसँग भनेको एउटा सन्दर्भ सुनाउँदै भन्नुभयो, बीपीजीले एउटा भेटमा भन्नुभएको थियो, भारत र चीनबीच जस्तो सम्बन्ध भएपनि हामी भारत र चीनसँग सम्बन्ध विगार्न चाहदैनौ ।’ यस्तो सोच भएका व्यक्ति नेपालमा हुँदा हुँदै पछिल्लो समय नेपालको अवस्था हेर्दा चित्त दुखेको उहाँले बताउनुभयो ।

आहिले आएर नेपाल र भारतबीचको सम्बन्ध कुर्सी र सत्ताका लागि मात्र भएको कुरा पुष्टि हुँदै आइहेको बताउँदै उहाँले दिल्ली र काठमाडौले सिधै सत्ता स्वार्थका लागि मात्र कुराकानी गरेका छन्, कहिले पनि दुई देशबीचको आपसि सम्बन्धको बारेमा कुराकानी नभएको गुनासो गर्नुभयो । जहाँ महात्वा गाँधीले लगौंटी लगाएर यो देशलाई आजाद गराउनु भयो त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी ११ लाखको सुट लगाउने गरेको प्रति कडा टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, नेपाललाई हेर्ने दिल्ली र पटनाको नजर फरक फरक छ ।’

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..