» » अवैध हतियारसहित दुई पक्राउ

मेलम्ची, मङ्सिर २७ गते । इप्रका नवलपुरले अवैध हातहतियारसहित दुई जनालाई आज पक्राउ गरेको छ ।

प्रहरीले सिम्पालकाभ्रे गाविस–६ डढुवा निवासी दिल्ले तामाङ र तोके तामाङलाई हतियारसहित पक्राउ गरी आज सार्वजानिक गरेको हो ।

 घरमा अवैध हतियार लुकाएर राखेको विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार अधिकारीको टोली खटिँदा उनीहरुका घरबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाले बताउनुभयो ।

अभियुक्तलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट आजै म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..