» » गाउँका पञ्च भनाउँदाहरु बालिविवाह गराउँदा प्रहरीद्धारा उद्धार



धनवीर महतो,
महोत्तरी, मंसीर १८ गते । समाजले जर्वजस्ती बालविवाह गराउन केटाको घरमा एक महिनादेखि बन्धक बनाएर राखेको एक बालिकालाई महोत्तरीको फुलकाहाबाट प्रहरी र बालअधिकार संरक्षणकर्मीले उद्धार गरेका छन् ।

फुलकाहा—९ जमुनियाका पञ्चहरुले जर्वजस्ती स्थानिय लक्ष्मण चौधरीको घरमा १४ बर्षीया आरती कुमारी चौधरीलाई राखेका थिए ।  बाल संरक्षण तथा प्रर्वद्धन समिति भरतपुर, सामुदायिक परिवार कल्याण समाज महोत्तरी, इलाका प्रहरी कार्यालय गौशाला र संचारकर्मी सम्मिलित एक टोलीले लक्ष्मणको घरमा राख्दै आएको सो बालिकालाई हिजो साँझ उद्धार गरिएको हो ।

स्थानीय लक्ष्मण चौधरीका १६ वर्षीय छोरा कृष्णसँग आरतीको प्रेम सम्बन्ध कायम रहेको भन्दै गाँउका पन्चहरुले केटालाई पक्षलाई ८० हजार र केटी पक्षलाई ५० हजार जरिवाना गरेर जर्वजस्ती बालिकालाई कृष्णको घरमा राखेका थिए ।

‘गाउँलेले छोरा कृष्णसँग आरतीको विवाह गराउन र जरिवाना तिर्न दवाव दिएर आरतीलाई घरमा राखेर गाउँले गएको,’ कृष्णका आमा बोलो देवी चौधरीले भन्नुभयो, ‘आरतीलाई मेरो घरमा गाउँलले जिम्मा लगाएपछि छोरालाई म आप्mनो माइती पठाइ दिएका थिए ।

बोलो देवीको श्रीमान् लक्ष्मण वैदेशीक रोजगारीको क्रममा विदेशमा भएको बेला गाउँलले  बोलोलाई आरती तेरो बुहारी हो भन्दै जिम्मा लगाइ दिएको उहाँले बताउनुभयो ।

ती बालिकाको गाउँलेले विवाह गर्न दवाव दिइरहेको बेला कृष्णकी आमाले बालसंरक्षण तथा समबद्धन समिति भरतपुर महोत्तरीमा निवेदन दिएपछि बालिकाको उद्धार गरिएको हो । बोलोले आफ्नो छोरो कृष्णलाई विहे गर भन्दै पन्चहरुले दैनिक घरमा आएर धम्की दिन थालेपछि डरले माइती थारुटोल बनझुल्लामा पठाएको बताउनुभयो ।

मंसीर १५ गतेसम्मको पन्चहरुले गरेको जरिवाना तिर्न समय दिएको थियो । जरिवाना तिर्न नसक्दा समाजले दवाव दिएपछि बोलोले बाध्य भएर प्रहरी, प्रशासनको सहायता लिनुभएको हो ।

राष्ट्रिय उच्च मावि कान्तिवजारमा कक्षा ६ मा अध्ययनरत १४ बर्षिया आरतीले कृष्णसँगको आफ्नो प्रेम तीन महिनाभन्दा वढी समयदेखि रहेको दावी गर्दै आफुले प्रतीक्षा गर्नुपुरपनि पछि पनि उहाँसँग नै विवाह गर्ने तर बालबिवाह नगर्ने बताईन् ।

उनले भनिन्, ‘समाजको कुरा मानेर घरपरिवारले मलाई कृष्णको घरमा जर्वजस्ती राखे । जुगल्टी समातेर काकीले तँलाई घरमा बस्न दिनन्, तै केटासँग जा भन्दै कृष्णको घरमा ल्याएर राखि दिए ।’

बालक र बालिकालाई सुरक्षित साथ ईलाका प्रहरी कार्यालय गौशालाले राखेको र पञ्चहरुलाई प्रहरी पठाएर नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाउने प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।
 
यस्तै, जमुनियाँका पन्चहरुले अर्का एक जोडी १३ बर्षिया अन्जली चौधरी र १५ बर्षिय रुपेश चौधरीको पनि बालबिवाह गराउन लागेको खुलेको छ । उनीहरुबीच प्रेमसम्बन्ध रहेको भन्दै स्थानीय पन्चहरुले केटीपक्षका अभिभावकसँग ४० हजार र केटा पक्षका अभिभावकसँग ७५ हजार रकम जरिवाना तिराएर यही मंसिर १५ गतेका दिन विवाह गर्र्ने निधो गरेका थिए ।

तर, रुपेशका परिवारमा एकजनाको निधन भएपछि सो विवाह रोकिएको स्थानीयहरुले बताएका छन् ।

उनीहरुको पनि विवाह गर्न तय भएकोले ती जोडीलाई उद्धार गर्न जरुरी रहेको स्थानीयहरुले बताएका छन् । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..