» » अभिषेकको यो कस्तो रुप ?

‘बस करो मधेसी नेता अब आओ वापस मधेस, बंद करो दाना पानी तेल और माँगो अलग राष्ट्र मधेस ।’ संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताप शाहले मंसिर ७ गते आफ्नो फेसबकुमा लेख्नु भएको यो स्टाट्स हो । उहाँले यो स्टाट्स लेखेपछि नेपालको राजनीतिकमा हलचल नै ल्यायो ।

विभिन्न टिका टिप्पणीहरु भयो । सञ्चारमाध्यमहरुले प्रमुखताका साथ ती समाचारहरु पनि छाप्यो । यहाँसम्म कि उहाँका पार्टीका नेताहरुले पनि नेता शाहको आलोचना गर्नुभयो ।

यो खालको स्टाटस आएपछि सबभन्दा बढी सिके राउतका मान्छेहरु खुसी भए । उनीहरुले शाहको स्टाट्समा कमेन्ट गर्दै स्वतन्त्र मधेशमा आउन आग्रह गरेका थिए । पहाडी समुदायबाहेकका कसैले पनि शाहको स्टाट्सलाई विरोध गरेन बरु सबैले समर्थन गरे । त्यसमध्ये अधिकाँशले संसद छाडेर आउन पनि आग्रह गरेका थिए ।  ‘चलो ठिक आँप से सि सुरुवात करते है , पहिले इस्तिफा तो दो सन्सद से , पगार लेने तो बहुत जल्दी पहुँच जाते हो आँप’ एकजनाले यस्तो कमेन्ट गर्नुभएको थियो ।

मोरगंका एकजना पहाडी समुदायका व्यक्तिले यस्तो कमेन्ट गर्नुभएको छ, ‘हम भि मधेश मे जनमकर मधेँश मै पालाबढा है, आज भी मोरंग के अमरदह गाविसमैँ हमारा ढेर से सारे जमिन है, परिवार है नातागोता है, उधर कैयो मधेशी भि है, पहाडि मुलका हम मधेशि और मधेशी बस्ति बराबरी है कैसे बनाएगा तु मेरा मधेशको अलग राष्ट्र हम भि देखेंगे, भारतिय गुप्तचर संस्था ‘रअ’ का गोटी बन्ना बन्द कर, हम मधेशीको पहिचान और हकअधिकार छिना नही चाहते है, मधेशीको समान अस्तित्व हकअधिकार सहितके संघियप्रणाली मैँ संघिय प्रदेश मधेश होना चाहिए, पहाडमै किरात प्रदेश होना चाहिए ....दक्षिणी विस्तारवादियो गुप्तचर संस्था ‘रअ’ का यी अलग राष्ट्रवाला नारा बन्द करो बर्ना....’ यस्ता धम्की पूर्ण कमेन्टहरु पनि छन् ।

मधेश राजनीतिकका जानकार सप्तरीवासी बलराम यादव जो कुनै दिन फोरम नेपालका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले अभिषेकको त्यो स्टाट्समा यस्तो कमेन्टस लेख्नुभएको छ, ‘माननिय महोदय नेपाली सांसद रहकर स्वतन्त्र मधेश की वात करना कितना जायज है ? जिस तरह आपलोग मधेश आन्दोलन के समय मे संविधानसभा और व्यव्यसथापिका संसद से नही वाहर होकर सिर्फ कभि कभार इसे वहिष्कार करके क्या मधेश प्रदेश मिला ? अभि आप अभिषेक वावू एक नेपाली संसद होकर ‘मधेश देश’ की वात करना कन्ट्राडिक्सन है कि नही ? .......’ यस्ता सयभन्दा बढी कमेन्टहरु आएका छन् जो मधेशको वास्तविक अवाजलाई उजागर गरेको छ ।


संजय यादवले ‘अब आया उट पहाड के निचे, आखिरमे मधेसी नेता सबको अब पता चला कि फिरीग्गी पहाडी सब मधेसी नेताओ को धोका दे राहा है, देर ही सही लेकीन अछी कदम ।।’ भनि कमेन्ट्स गर्नुभएको छ भने
एकजना पहाडी समुदायले चर्को आलोचनासहित यस्तो कमेन्टस् गर्नुभएको छ, ‘एउटा जिम्मेवार सभासदले यस्तो बोल्नु हुदैन । कस( कस लाई राज्य दिने, कस(कसलाई देश दिने ? लाग्छ कि मदेश भन्ने देश बन्यो भने आम मधेसिका सबै चाहना पूरा हुन्छ्न र जादुको छ्डी जस्तो सबै समस्या समाधान हुन्छ । सस्तो समाचारको लागि यस्तो स्टाटस नलेखेको राम्रो । हाम्रो स्टाटस लाई कस्ले समाचार बनाउने !’

एकजना अनिलकुमार ठाकुरले अभिषेकप्रताप शाहलाई फेसबुकमा यस्तो सुझाव दिनुभएको छ, ‘हैट, नेता ज्यू भोट माग्ने बेला मा त हामी सबै नेपाली हो भन्नु हुन्थ्यो ! यो देश मा चुनाव जितेर पुरै देश मा कान्छो सासंद भनेर सबै ले तपाई लाई चिन्छन तर यो स्टाटस ले तपाई को नाम र सान मा असर पार्छ ? तपाई जस्तो उच्च नेता ले यस्तो स्टाटस लेख्न न मिल्ने हो ?

अरबिन्द साहले उहाँलाई यस्तो सल्लाह दिएर उचाल्नु भएको छ, ‘जय मधेश नेता जि ,जल्द किजिय ओउर आगे बढिए अजादी बहुत नजदिक है ,सिर्फ मधेश देश मे हर तर्फ नेतृत्व करनेबला कि कमि है । जय मधेश ,स्वतन्त्र मधेश, अजाद मधेश ,अपना देश’ ।

परमानी जागेश्वरले पनि हौसला बढाउँदै यस्तो कमेन्टस् गर्नुभएको छ, ‘चल भैया आजादी ले चल बैहिना आजादी ले।जय मधेश नेता जि ,जल्द किजिय ओउर आगे बढिए अजादी बहुत नजदिक है ,सिर्फ मधेश देश मे हर तर्फ नेतृत्व करनेबला कि कमि है जय मधेश ,स्वतन्त्र मधेश , अजाद मधेश ,अपना देश’ । 

फेसबुकमा उहाँलाई गाली गर्नेको पनि कमी छैन । उहाँले लखेको फेसबुकमा यस्तो पनि कमेन्टस् छ । अमरनाथ योगीले यस्तो लेख्नुभएको छ, ‘लाज लाग्दैन यस्तो भन्न????? मधेस कसैको बाउको सम्पत्ति होइन ,यो त हामी सबै नेपालीको साझा घर हो। यस्ता गद्दार नेतालाई बहिस्कार गरौँ । नेता बौलाहा भए यस्तै हुन्छ , सचेत साथीहरू नत्र टोक्ला नि फेरि.....’


उहाँलाई लेखक तथा अधिकारकर्मी रणधिर चौधरीले पनि ‘आइ एम वीथ अभिषेक प्रताप मान्यजी.....’ लेख्नु भयो भने पत्रकार अनिल कर्णले पनि अभिषेकलाई साथ दिने भन्नुभयो । पत्रकार कर्णले आफ्नो फेसबुकमा ‘नढाँटी भनुँ, म अभिषेकप्रताप साहको पीडा र सन्तापसँग समवेत स्वरमा भन्न चाहन्छु....।’ अर्थात नेता शाहले यो स्टाट्स लेखेपछि नेपालमा एक प्रकारले हलचल नै भयो किनभने उता सिके राउतले मधेश अलग गर्ने अभियानमा लाग्नु भएको छ भने यता एक मधेश एक प्रदेशका लागि आन्दोलन गरेका फोरम नेपालका एकजना वरिष्ठ नेता जो सांसद पनि हुनुहुन्छ उहाँले यस प्रकारको अभिव्यक्ति दिँदा चर्चा नहुने कुरै छैन ।
फेसबुकमा उहाँले स्टाट्स लेखेपछि उहाँका पार्टीका केही नेताले पनि यसको खण्डन गरे । खासगरि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले पार्टीको तर्फबाट खण्डन गर्नुभयो ।

प्रेस सहयोगी चौरसियाले पनि आफ्नै फेसबुकबाट गरेको खण्डन यस्तो लेखिएको छ,–‘संघीय समाजवादी फोरम नेपाल मुलुकको राष्ट्रियता, स्वतन्त्रता र अखण्डताप्रति पूर्ण रूपमा प्रतिबद्ध छ । पहिचान, संघीयता, समानुपातिक समावेशीकरण, धर्म निरपेक्षता र समाजवाद फोरम नेपालको मूल एजेण्डा र मार्ग निर्देशक सिद्धान्त हो । तर, पार्टीमा आबद्ध नेता कार्यकर्ता, सांसद वा कसैले देश विखण्डनकारी अभिव्यक्ति दिन्छन् भने त्यो उसको व्यक्तिगत विचार हो । यसमा पार्टी वा नेतृत्व पंक्तिको कुनै सरोकार छैन ।’


सो पार्टीका समाजवादी युवा फोरमका उपमहासचिव दुर्गा सुवेदीले अभिषेक प्रताप शाहको कारवाहीको माग समेत गर्नुभयो । सुवेदीले आफ्नो फेसबुकमार्फत नै भन्नुभएको छ, ‘संघीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप शाहले देश टुक्र्याउन दिएको अभिव्यक्तिप्रति मेरो तर्फबाट कडा आपत्ति प्रकट गर्दछु । हाम्रो आन्दोलन पहिचान, संघीयता, समावेशिकरण र अखण्डता जस्ता एजेन्डाको लागि हो, नकि देश विखण्डनका लागि । मुलुकको राष्ट्रियता, स्वतन्त्रता र अखण्डताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको फोरम नेपालको तर्फबाट देशको बहालवाला सांसद्ले विखण्डनकारी अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएकोले पदीय मर्यादा बिर्सेर गैरजिम्मेबार अभिव्यक्ति दिने सांसद् शाहलाई पार्टी पंक्ति र सरकारले तत्काल कारबाहीको दायरामा ल्याउनु पर्दछ ।’


यतिका कमेन्ट् तथा प्रतिकृया आइसकेपनि नेता शाहले आफ्नो लेखाईलाई विश्राम दिनुभएन । त्यसपछि पनि उहाँले त्यही दिन आफ्नो फेसबुकमा ‘हे महान मधेसी योद्धा युद्ध के लिए तैयार हो जाओ ।’ भनि लेख्नुभयो । यो स्टाट्समा पनि थुप्रै कमेन्टस्हरु आए । त्यसको भोलीपल्ट पनि उहाँले आफ्नो फेसबुकमा ‘इस बार तुम एक मारोगे तो हम दस मारेंगे ।’ भनि लेख्नुभयो ।

यो स्टाट्समा पनि विभिन्न आलोचनात्मक टिप्पणी भयो । त्यतिले पनि नपुगेपछि अभिषेक प्रताप शाहले एउटा ठूलो कुकुरको साथ उभिएको फोटो शेयर गर्नुभयो । त्यसले पनि विद्रोहको सकेत गरिरहेको थियो । त्यो तस्वीरमा मात्र सयभन्दा बढी कमेन्ट्स आएको थियो । शेर जस्तो देखिने कुकुरसँग आफ्नो फोटो सार्वजनिक गरेर धेरै कुराको संकेत गर्नुभएको हो ।

 त्यसको भोलीपल्ट पनि आफ्नो फेसबुकमा लेख्नुभयो, ‘मलाई कालोमा हुनुमा गर्व छ ।’ फेरिपनि उहाँले त्यसको भोलीपल्ट पनि आफूहरुको सहमतिविना सविधान सशोधन आयो भने त्यसको कुनै अर्थ नरहने लेख्नुभएको थियो ।

दुई दिनपछि उहाँले मधेशको राजनीतिक परिवर्तन युवाले मात्र गर्न सक्छ भनि लेख्नुभयो । त्यसको भोलीपल्ट उहाँले तेस्रो सविधानसभाको चुनाव हुनुपर्ने धारणा सार्वजनिक गर्नुभयो । सविधान संशोधन आइसकेपछि उहाँले कैलाली र कन्चनपुर पनि मधेश प्रदेश अर्थात प्रदेश नं. ५ मा राख्नुपर्ने धारणा राख्नुभयो । त्यसपछि उहाँले ‘१०–१२ पहाडीया ब्राह्मण नेपाल लाई बरबाद गरीरहेका छन् ।’ भनि लेख्नुभयो ।

उहाँले आफ्नो फेसबुकमा यहाँसम्म लेख्नुभयो,–‘ एक मधेसी अ‘ाल्टर नेता ने पूरे मधेस का सौदा कर डाला है। उसे उखाड़ फेंक देना मधेस हित में होगा। आप खÞुद सोचें कौन है वो अ‘ाल्टर नेता ।’ यसमा कतिपयले कमेन्ट्स गर्दा उपेन्द्र यादवको नाम लिनुभएको छ भने कसैले विजयकुमार गच्छदारको ।

तर यी दुईमध्ये एक हुन् कि अरु कोही सो कुरा नेता शाहले खुलाउनु भएको छैन । यति कुरा लेखिसकेपछि पनि पार्टीले उहाँलाई कुनै कारवाही गरेन । एक दिन एउटा टिभी प्रोग्राममा उपेन्द्र यादवसँग अभिषेकको अभिव्यक्ति बारे जिज्ञसा राख्दा उपेन्द्रले अभिषेकलाई सन्कि भन्नुभएको थियो । त्यही दिन उहाँले पनि आफ्नो फेसबुकमार्फत उपेन्द्र यादवलाई जवाफ दिँदै लेख्नुभयो,–‘ जब देश के संविधान को जला सकते हैं उपेन्द्र जी तब तो सनकी उपेन्द्र यादव भी हुए !!’ उपेन्द्र यादवलाई यतिका कडा जवाफ दिएपनि पार्टीले हालसम्म कुनै कारवाही गरेको छैन ।

कारवाही नगर्नुको कारण छ । अभिषेक प्रताप शाह प्रत्यक्ष चुनाव जितेका व्यक्ति हुनुहुन्छ । कारवाही गरेपछि उहाँ पार्टी छाडेर अर्कोमा जान सक्नुहुन्छ । एकजना जितेका सांसद अर्को पार्टीमा गएपछि सांसद कम हुने वा पार्टी विभाजन पनि गर्न सक्ने डरले गर्दा कारवाही गर्न नसकेको स्रोतहरु बताउँछन् । नभए साना साना घटनाले उपेन्द्र यादवले आफ्नो पार्टीमा नेताहरुलाई कारवाही गरेको थुप्रै उदाहरणहरु छन् ।

 यस विषयमा अभिषेक प्रताप शाहसँग जिज्ञासा राख्दा उहाँले हिम्मत छ भने कारवाही गरोस् भनि चुनौति दिनुभयो । उहाँले भन्नुभयो, मैले पार्टीको केही विगारेको छैन भने मलाई किन कारवाही गर्छन्् । म जनताको मनोभावना बोलेको हुँ । जनताको मनमा अहिले जे खेलिरहेको छ त्यो म बोलिरहेको छु भने पार्टीले मलाई कारवाही गर्न सक्दैन ।’

 म देश टुक्राउने पक्षमा होइन, तर यो राज्यका शासकहरुको यस्तै रवैया रह्यो भने मधेशी जनताले आफ्नो बाटो आफै रोज्छ कसैले भन्नै पर्दैन, सहारा टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, म भावना र आवेगमा आएर त्यस्तो लेखेको हुँ, जनताको पीडा व्यक्त गरेको हुँ, म नेपाली हुँ भन्ने कुरा कतिचोटी परिचय दिनुपर्छ । मधेशी पनि नेपाली हो, अरु जस्तै मधेशीको पनि यो राज्यमा हक छ तर शासकहरु पत्याउन चाहदैन ।’

(सहारा टाइम्स पत्रिकाको मंसिर १६ गतेको अंकबाट)

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..