» » अनिल झाले भन्नुभयो, प्रस्ताव पारित भएपछि हामी चुनावमा जान्छौ


काठमाडौं, १६ पुस । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सविधान संशोधन प्रस्ताव पारित भए चुनावमा जान तयार रहेको बताउनु भएको छ ।

अध्यक्ष झाले भन्नुभयो, ‘संशोधन विद्येयक पारित भयो भने हामी अविलम्ब चुनावमा जान्छौं, र सम्पूर्ण मधेशी जनताले चुनावमा सहभागिता जनाउँछन्, हामी चुनावको विरोधी कहिल्यै थियौं र ?’

उहाँले आफूहरु अहिलेपनि संशोधन विद्येयक परिमार्जन होस् नै भन्ने पक्षमा रहेको बताउँदै प्रस्ताव पारित नहुञ्जेलसम्म प्रस्ताव परिमार्जन होस भन्ने गरेको र एमालेको सहयोगमा प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले व्यवस्थापिका–संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयकमा उल्लेख भएको प्रदेशको सिमांकनको विषयलाई थाँती राख्ने हो भने बाँकी तीन वटा विषयमा संसदमा छलफल गर्न र भोटिङ्बाट आएको परिणाम स्विकार गर्न एमाले तयार रहेको बताउनुभयो ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले संविधान संशोधन विद्येयक पारित हुने ठोकुवा गर्नुभयो ।

साउदले संविधान संशोधन विद्येयक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोगमै पारित हुने विश्वास व्यक्त गर्दै उहाँले सरकार संशोधन प्रस्ताव पारित गर्नकै लागि ल्याएको हो, शीर्ष नेताहरुवीचको सहमतिमा प्रस्ताव प्रक्रियामा अघि बढने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधानको कार्यान्वयनको लागि पनि संविधान जारी गरेका प्रमुख शक्तिहरुबीच एकता अनिवार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संशोधन विद्येयक कुनै हालतमा पारित नहुने भन्दै त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने माग गर्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..