» » महन्थ र बाबुरामले प्रचण्डलाई भेटेर दिनुभयो आन्दोलनको चेतावनी


काठमाडौ पुस २ गते । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सविधान संशोधनको प्रस्ताव र निर्वाचनको बारेमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सविधान संशोधन तथा निर्वाचनालगायत समसामयीक विषयमा कुराकानी भएको छ । सविधान संशोधनको प्रस्ताव तथा चुनावको बारेमा पछिल्लो समय भइरहेको टिकाटिप्पणीको बारेमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साँझ भएको छलफलमा नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले व्यवस्थापिका संसदमा पेस भएको संशोधन प्रस्तावको प्रगतिको बारेमा जिज्ञासा राख्नु भएको थियो । संसदमा संशोधन प्रस्ताव पेस गरिएको  छ तर त्यसले गति लिएको छैन, मधेशी मोर्चालगायतका दलहरुसँग गरिएको प्रतिवद्धता अनुसार कार्यहरु नभएको गुनासो संयोजक भट्राईले गर्नुभएको थियो ।

संयोजक भट्टराईको जिज्ञासा र गुनासोपछि प्रधानमन्त्री प्रचण्डले प्रस्तावका बारेमा प्रमुख प्रतिपक्षि दल नेकपा एमालेलगायत दलहरुसँग छलफल भइरहको छ, सहमतिकै आधारमा त्यसलाई चाँडै टुगों लगाउने विश्वास दिलाउनु भयो ।

दलहरुको बीचमा हुने सहमतिकै आधारमा सविधान संशोधनको प्रस्तावलाई परिमार्जन गरि पारित गराउने विश्वास प्रधानमन्त्री प्रचण्डले उहाँहरुलाई दिलाउनु भएको हो ।

सविधान संशोधन फिर्ताको पनि चर्चा भइरहेको छ भनि उहाँहरुको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम आएका र बाहिर भएका हल्लामा कुनै सत्याता नरहेको विश्वास दिलाउँदै उहाँले सविधान संशोधन गर्नु नै आफ्नो प्राथमिकता रहेको र आफू गरिछाड्ने कुरा राखेका नयाँ शक्ति नेपालका संसदीय मामिला विभागका संयोजक कोशव दहालले जानकारी गराउनु भयो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ठाकुर र संयोजक भट्टराईसँग भन्नुभयो, ‘सविधान संशोधन फिर्ता हुँदैन, बरु परिमार्जनसहित पारित हुन्छ, यसमा तपाईहरुको पनि सहयोग चाहिन्छ, तपाईहरुले सहयोग गर्नुस्, सविधान संशोधन गरेर चुनावमा जान्छौ ।’

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले व्यवस्थापिकामा दर्ता भएको संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने र त्यसमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डले आग्रह गर्नुभएको बताउनुभयो ।

मधेशी मोर्चासँग भएको सहमतिकै आधारमा प्रस्ताव परिमार्जन हुने विश्वास दिलाएको बताउँदै उहाँले पारित भइसकेपछि मात्र विश्वास गर्न सकिने बताउनुभयो ।

विहिवार नयाँ शक्ति नेपाल र मधेशी मोर्चाबीच भएको छलफलका आधारमा यी दुई नेताले शुक्रवार प्रधानमन्त्री प्रचण्डलाई भेटनु भएको हो । सविधान संशोधन प्रस्ताव फिर्ता लिइ स्थानीय निकायको पुनःसंरचना नगरि चुनाव गराउने दलहरुबीच छलफल भएको भन्दै यदि यस्तो हो भने आन्दोलनमा जानुपर्ने सहमति विहिवारको बैठकले गरेको थियो । प्रधानमन्त्री प्रचण्डबाट स्पष्ट भइसकेपछि मात्र आनदोलनको बारेमा कार्यक्रम तय गर्ने निष्कर्ष निकालेको थियो ।

अब शनिवार वा आइतवारतिर दुवै पक्षबीच बैठक बसेर प्रधानमन्त्री प्रचण्डसँग भएको कुराकानीका समिक्षा गर्ने बताइएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..