» » गच्छदार पार्टीका दानबहादुर चौधरीले दिनुभयो राजिनामा

काठमाडौ मंसिर २० गते । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री दान बहादुर चौधरीले पार्टीबाट राजिनामा दिनुभएको छ ।

हिजो गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गरी उहाँले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिनु भएको हो ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नीति र सिद्धान्तलाई लत्याउँदै स्वेच्छारीढंगले चलाएले राजीनामा दिएको उहाँले बताउनुभयो । अध्यक्ष गच्छदारले पार्टी एकलौटी रुपमा हाँकेको, इमान्दार तथा निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको, मधेस र मधेसी जनतासंग पटक पटक घात गरेको नेता चौधरीले आरोप लगाउनु भयो ।

पार्टीमा तानाशाही प्रवृत्ति हावी हँदै गएको भन्दै चौधरीले अब उक्त पार्टी छोड्नुको विकल्प नरहेको बताउनुभयो ।

पूर्व महिला तथा बालबालिका मन्त्री चौधरी सहित, पूर्व सभासद सलाउद्धिन मुसलमान, लोकतान्त्रिक केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोहम्मद तौफिक खाँ, पूर्व केन्द्रिय सदस्य जैसराम यादव, उपाध्यक्ष गौरीशंकर थारु, सचिव काशीराम यादव स्थानीय नेता कुञ्जबिहारी चौधरी लगायत तीन सय बढी नेता तथा कार्यकर्ताले सामूहिक राजिनामा दिएको उहाँले जानकारी गराउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..