» » सद्भावना पार्टीको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौ मंसिर २३ गते । देशमा राजनीतिक ध्रुवीकरण बढी रहेको बेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एकघटक सद्भावना पार्टीले आज आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

राजधानीमा उपलब्ध केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको सो बैठक पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले बोलाउनु भएको सो पार्टीका केन्द्रीय सदस्य एवं युवाका इन्चार्ज योगेन्द्र यादवले जानकारी गराउनु भयो । बैठकमा सविधान संशोधन, पार्टी एकीकरण तथा देशका समसामयीक विषयमा छलफल हुने बताइएको छ ।

मधेशी मोर्चाले चाहेको जस्तो सविधान संशोधनको प्रस्ताव नआएको कारण मोर्चा आन्दोलनमा छन् ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..