» » गच्छदारले भन्नुभयो, हाम्रो पार्टी छाडेर जानेहरु सबै अवसरवादी (भिडियोसहित)


काठमाडौ पुस १४ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टी छाडेर गएकाहरु सबै अवसरवादी रहेका आरोप लगाउनु भएको छ ।

दुई दिनसम्म चलेको राजनीतिक समिति तथा संसदीय दलको बैठकपछि आज पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन पत्रकारले राखेका जिज्ञासमा उहाँले जो जो यहाँबाट गएका छन् सबै अवसरवादी हुन्, उनीहरुले यहाँ अवसर नपाएर उता गएको हुनुपर्ने प्रतिकृया दिनुभयो ।

जो जो गएका छन् ती सबैलाई सम्मानजनक पदमा पार्टीमा राखेका थिए तर उहाँहरुलाई यहाँ के पुगेन के मिलेन मलाई थाह छैन, तर उहाँहरु गएपनि पार्टीलाई कुनै असर नपरेका उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, एकजना गएको छ भने म चारजना ल्याउँछु, दुई तीन दिनमा हेर्नुहोला त्यसको क्षतिपूर्ति म लिन्छु ।’

काँग्रेस पार्टीबाट ठूला ठूला नेताहरु निस्किरहेका हुन्छन्, पाटी टुक्रा टुक्रा हुन्छन्, कम्यूनिष्ट पार्टी कति टुक्रा भएका छन् तर हाम्रो पाटीबाट दुई चारजना गएको छ, त्यसले केही असर गर्दैन, उहाँले भन्नुभया, २०६६ सालमा मैले पार्टी गठन गरेका हुँ, त्यसपछि फोरम कति पटक विभाजित भयो, तमलोपा विभाजित भयो, सद्भावना पार्टी कतिपटक विभाजित भयो तर हाम्रो पार्टी विभाजित भएको छैन, दुई चारजना अवसरवादीहरु गएका छन् जसलाई मैले नै पार्टीमा ल्याएका थिए, आएकाहरु जाँदा केही फरक पर्दैनन् ।’

पार्टीका उपाध्यक्ष दानवहादुर चौधरी, मृगेन्द्रकुमार सिह यादव, केन्द्रीय सदस्य लक्ष्मण थारु, पर्सा जिल्ला अध्यक्ष शशी कपुर मियाँलगायतले पार्टी छाडेर हिडेका छन् ।

मोर्चा किन चुप ? 
गच्छदारले मधेशी मोर्चा थरुहटको कुरा उठाएर अहिले ठण्डा भएको आरोप लगाउनुभयो । झापा, मोरग र सुनसरीका एक इन्च जमिन पनि पहाडमा मिल्न दिन्न भन्ने मधेशी मोर्चाका नेताहरु अहिले किन मुखमा बुजो लगाएर बसेका छन् भनि उहाँले प्रश्न गर्नुभयो  ।
थरुहटको कुरा गर्ने मधेशी मोर्चाका नेताहरु कैलाली र कञ्चनपुरको बारेमा बोल्न छाडेको पनि उहाँले आरोप लगाउनुभयो ।

सरकार छाड्ने चेतावनी
सरकार छाड्ने निर्णय अहिले त गरेका छैनौ तर यस्तै रवैया रह्यो भने आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने चेतावनी उहाँले दिनुभयो । सविधान संशोधन गर्न सकेन भने यो सरकारका औचित्य समाप्त हुने चेतावनी दिँदै उहाँले सविधान संशोधन नगरिकन गर्ने चुनाव आफ्नो पार्टीलाई अमान्य हुने बताउनुभयो

पूर्वका झापा, सुनसरी र मोरगंलाई दुई नम्बर प्रदेशमा मिलाउने, त्यो नभए झापा, सुनसरी, मोरगं, सप्तरी, सिरहा, उदयपुरलाई एउटा प्रदेश बनाउने, पश्चिमका कैलाली र कञ्चनपुरलाई पाँच नम्बर प्रदेशमा मिलाएर आठ प्रदेश बनाउनु पर्ने अध्यक्ष गच्छदारले सुझाव दिनुभयो ।

उहाँले अहिलेका तीन दल र मधेशी मोर्चा दिशाविहिन भएको दावी गर्दै भोलीदेखि आफूले दिशा दिनका लागि पहल गर्ने बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..