» » शरतसिह भण्डारीले भन्नुभयो, यथास्थितिमा चुनाव सम्भव छैन (हेर्नुस् भिडियो)


काठमाडौ पुस १ गते । राष्ट्रिय मधेश समावादी पार्टीले आजदेखि राष्ट्रिय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । दुई दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा भाग लिन देशैभरिका नेताहरुलाई काठमाडौ बोलाइएको छ ।

प्रशिक्षण सिके लाल, दिपेन्द्र झा र कृष्ण ह्याच्छेतुलगायत लिने दिने बताएको छ । कार्यक्रमको उद्घाटन गर्दै पार्टीका अध्यक्ष शतरसिह भण्डारीले सविधान संशोधनको आफूहरु विरोधी होइन, आफूहरुकै दवावमा यो प्रस्ताव आएको हो तर सम्झौता भए अनुसार नआएको प्रति आफूहरुको आपत्ति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, अहिले पनि केही विग्रेको छैन । प्रस्ताव गरिएकालाई परिमार्जन गरियो भने त्यसलाई आफूहरुले अहस्र स्वीकार गरी पारित पनि गराउँने छौ तर यथास्थितिमा सम्भव हुँदैन ।’ साथै उहाँले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार समक्ष नर्दलीय चुनाव गराउन प्रस्ताव गरेको पनि बताउनुभयो ।

स्थानीय निकायको पुनःसंरचना नै नगरिकन चुनाव गराउने कुरा बाहिर आएपछि मधेशी मोर्चाले सो प्रस्ताव गरेको हो । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले यदि यथास्थितिमा सरकारले चुनाव गराउन चाहेको छ भने निर्दलीय चुनाव गराउनु पर्ने प्रस्ताव आफूहरुको रहेको बताउनुभयो । ं

सविधान कार्यान्वयनका लागि चुनाव गराउनुपर्ने भन्ने तर सविधान अनुसार पुनःसंरचना गराउन नचाहनु यो हुँदैन, उहाँले भन्नुभयो,–‘स्थानीय पुनःसंरचना गरी मात्र चुनावमा जानुपर्छ यदि पुनःसंरचना नगरी चुनावमा गयो भने निर्दलीय चुनाव गराउनुपर्छ ।’


About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..