» » सुरुङ्ग खनेर घरमा चोरी

धनवीर महतो
महोत्तरी, पुस १४ गते । घरको पछाडिबाट सुरुङ्ग बनाएर महोत्तरीको भरतपुरमा गएराति चोरी भएको छ ।

 भरतपुर गाविस ९ परोडियाका चन्देश्वर राय यादवको घरको पछाडि छेउबाट सुरुङ्ग बनाएर घरभित्र पसेको चोरहरुको एक समुहले करिब १ लाख बराबरको सरसमानहरु चोरी गरि लगिएको छ ।,

प्रहरी चौकी कान्तिबजारका अनुसार यादवको घरबाट २५ हजार नगद, १० तोला चाँदी, आधा तोला सुन, १ थान मोवाईल गरि १ लाख बराबरको सरसमानहरु चोरी भएको हो । प्रहरीले आज विहान अनुसन्धान गर्ने क्रममा घरबाट १ किलोमिटरको दुरीमा ३ थान नागरिकता भेटिएको प्रहरी सहायक निरीक्षक लक्ष्मी राउतले बताउनुभयो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बर्षौपछि यस क्षेत्रमा यसरी सुरुङ्ग बनाएर चोरी भएको स्थानियहरुले प्रतिक्रिया दिएका छन । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..