» » नदीमा डबेर एक बालिकाको मृत्यु


कपिलवस्तु, मङ्सिर १८ गते । सिसवा गाविसको कञ्चनिया नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सो गाविस– ५ का भदई चमारकी १६ वर्षीय छोरी उर्मिला चमार खोलामा डुबेको अवस्थामा आज फेला परेको प्रहरीले जनाएको छ ।

मृतक चमारको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगन्ज पठाइएको प्रहरीले जनाएको छ

त्यसैगरी लामखुटटे धपाउने प्रयोग गरिएको धुपबाट सल्केको आगोका कारण गएराति दुई घरमा आगलागी हुँदा रु पाँचलाख बराबरको क्षति भएको छ ।

बैदौली गाविस– ५ सक्रौली बस्ने श्यामलाल कोरी र तुलसीराम कोरीको खरले छाएको घर जलेर पूर्णरुपमा नष्ट हुँदा सो क्षति भएको हो । आगलागीमा दुबै घरमा रहेका लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..