» » काँग्रेस, माओवादी र एमालेलाई त्याग्न मधेशीलाई आग्रह



सर्लाही पुस २ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले मधेशी जनताले काँग्रेस, माओवादी र एमालेलाई पूर्णतः त्यागेर तमलोपा वा अन्य मन परेको मधेशी दलमा आफ्नो सक्रियता र समर्थन दिन आग्रह गर्नुभयो ।

 मधेशको मुद्दाको सम्वोधनको लागि आन्दोलनमा सहभागिता र मतदानमा मधेश बिरोधी दलहरुको त्याग आवशयक रहेको बताउँदै लालले काँग्रेस, माओवादी र एमालेको पूर्णतः त्याग आन्दोलनको अर्को पाटो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, सम्पूर्ण मधेशी सड़कमा उत्रिरहेका छन् तर आफ्नो अधिकारको लागि जसको बिरुद्ध लडिरहेका छन् त्सलाई नै भोट हालेर राजनैतिक ताकत दिनु आफ्नै खुट्टामा आफैं बन्चरो हान्नु हो ।

उपाध्यक्ष लालले हिजो सर्लाहीको हरिपुरमा तमलोपा सर्लाही क्षेत्र २ को कार्यकर्ता प्रशिक्षणलाई सम्वोधनको क्रममा यो कुरा बताउनुभयो ।

उदयनारायण चौधरीको सभापतित्त्वमा सम्पन्न सो कार्यक्रममा तमलोपाका केन्द्रीय सदस्यहरु नेपाल सरकारका पूर्वसचिव डा. शंकरलाल चौधरी, बिन्दु ठाकुर तथा जिल्लाका अध्यक्ष बिनयकुमार लाल, युवानेता मनोज यादव तथा क्षेत्रीय अध्यक्ष रामस्वार्थ राय यादव पनि बोल्नु भएको थियो ।

तमलोपा सर्लाही जिल्ला समितिले उपाध्यक्ष लाल र केस चौधरीको विशेष सम्मान समेत गरेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..