» » सेवा दलबाट पाँच सय विद्यार्थी दीक्षित


नेपालगन्ज, पुस १६ गते । राष्ट्रिय सेवा दल वार्षिक सामूहिक शिविर कोहलपुरबाट शुक्रबार पाँच सय एक विद्यार्थी दीक्षित भएका छन ।

सैनिक तथ्याङ्कअनुसार सोसहित दलले मुलुकका ६६ जिल्लाका २५ हजार पाँच सय ६३ छात्रछात्रालाई सामान्य सैनिक अभ्यासलगायत विपत् जोखिम उद्धार, सेवामुखी काम तथा व्यक्तित्व विकाससम्बन्धी तालिम उपलब्ध गराई दीक्षित गरेको जनाइएको छ ।

सो शिविरका कमान्डर हेमन्त थापाका अनुसार दलले जिल्ला शिक्षा कार्यालयको समन्वयमा छनोटमा परेका विद्यालयवाट कनिष्ठतर्पm ८, ९ र १० तथा वरिष्ठतर्पm ११ र १२ कक्षाका विद्यार्थीलाई तालिममा सहभागी गराउँदै आएको छ ।

विद्यालयमा ७९ दिन र शिविरमा २१ दिन सामूहिक तालिम दिई बिदा गरिने ती विद्यार्थीको अध्ययनलाई प्रभाव पर्न नदिन दलले समुचित व्यवस्था गरेको उहाँको भनाइ थियो ।

शुक्रबार सो शिविरबाट दीक्षित भई जाने छात्रछात्रालाई मध्यपश्चिमाञ्चलका पृतनापति उपरथी शम्शेर ठकुराठीले तालिममा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार वितरण गर्दै सेवा दलको तालिममा सहभागी छात्रछात्रालाई सिपाही बनाउने उद्देश्य नभई असल नागरिक बनाई परिआएको बखत समाजसेवाको काममा प्रयोग गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

त्यस अवसरमा पाँच समूहमा रहेका प्रशिक्षार्थीबाट कवाज, नृत्य, तेवान्दो, शारीरिक व्यायाम, खुकुरी ड्रिल र एरोबिक प्रदर्शन गरिएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..