» » संशोधन प्रस्ताव पारित गराउन मधेशी मोर्चाको यस्तो शर्त (हेर्नुस् भिडियो)


काठमाडौँ, मङ्सिर २५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने निष्कर्ष निकालेको छ ।

बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा आज बसेको मोर्चाको बैठकले संशोधन प्रस्ताव छलफल र सहमतिका आधारमा पारित गर्ने निर्णय गरेको हो ।

सरकारले संशोधन प्रस्तावलाई सहमतिका आधारमा अघि बढाएको खण्डमा मोर्चाले सहयोग गर्ने निर्णय गरेको मोर्चाको एकघटक मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले राससलाई जानकारी दिनुभयो ।

मोर्चाले संशोधनका विषयलाई लिएर नेकपा (एमाले) ले देशमा वितन्डा मच्चाउनु लोकतन्त्र र सङ्घीय अभ्यासको बर्खिलाप भएको ठहर पनि गरेको छ ।

संशोधनका विरुद्ध अहिले चलिरहेको आन्दोलन उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डा भन्दै मोर्चाले सोको निन्दा गरेको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..