» » छात्रालाई साइकल प्रदान


नेपालगन्ज, १४ मङ्सिर । स्थानीय सरस्वती माध्यमिक विद्यालयका जेहेन्दार, गरिब तथा विद्यालयदेखि टाढा घर भएका २० छात्रालाई आज यहाँ एक–एक थान साइकल उपलब्ध गराइएको छ ।
छात्रा शिक्षा, सशक्तीकरण र अधिकारका लागि कार्यक्रमअन्तर्गत माइती नेपालले सो साइकल उपलब्ध गराएको हो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापा, प्रधानाध्यापक सुरेशकुमार परसैला र माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले छात्राहरुलाई साइकल वितरण गर्नुभएको थियो ।
यसअघि सो संस्थाले सोही कार्यक्रमअन्तर्गत बर्दिया जिल्लाका दुई माविका विद्यार्थीलाई ३० थान साइकल प्रदान गरेको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..