» » भारतीय सेनाध्यक्ष नेपाल आउँदै


काठमाडौँ, कातिक २४ गते । भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आउनु हुने भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सेनाध्यक्ष सिंह नेपाली सेनाको मानार्थ महारथी पनि हुनुुुहुन्छ ।

नेपाल र भारतबीच एकअर्का मुलुकका सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रही आएको छ । उहाँले यस अघि २०७१ साल कात्तिकमा पनि नेपालको औपचारिक भ्रमणमा गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री बालकृष्ण खाँणसँग नेपाल भ्रमणको क्रममा उहाँले शिष्टाचार भेट गर्नुहुने छ ।

सेनाध्यक्ष सिंहले नेपाली सेना र भारतीय सेनाबीच रुपन्देहीको सालझण्डीमा कातिक १५ देखि सञ्चालन भइरहेको संयुक्त अभ्यास ‘सूर्य किरण’को निरीक्षण पनि गर्नुहुने छ ।

यो सूर्य किरणको दशाँै संस्करण अभ्यास हो ।

उच्च तहको सैनिक नेतृत्वबाट हुने भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध र द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..