» » सविधान संशोधनका लागि सरकार चुकियोः एमालेलाई छाडेर अगाडि बढ्न सुझाव


काठमाडौ मंसिर ७ गते । सविधान संशोधनको प्रस्तावमा एमालेले सहयोग नगर्नुमा सरकार स्वयं दोषी रहेको मधेशी मोर्चाका एक नेताको दावी छ ।

संशोधन प्रस्ताव सरकारले ल्याउने हो, एमालेलाई यति महत्व दिने आवश्यकता नै दिएन, राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले भन्नुभयो, हामीले प्रधानमन्त्री प्रचण्डलाई भनेका थियौं कि एमालेको बाटो नपर्खिनुस्, सविधान संशोधनको प्रस्ताव दर्ता गराउनुस् तर उहाँ मान्नु भएन, आज प्रधानमन्त्रीकै कारणले एमालेले आन्दोलन गर्ने निहुँ पाएको छ, यदि एमालेलाई नसोधिकन दर्ता गराएको भए कमसे कम त्यो प्रस्तावमाथि सदनमा त बहस हुन्थ्यो तर अहिले एमालेलाई आन्दोलन गर्ने मौका दिएर राजनीतिक वतवारण विगार्ने काम सरकारबाट भएको हो ।

सविधान संशोधनको लागि मधेशी मोर्चा र गठबन्धनको सहमति चाहिन्छ, एमालेको होइन, आज विहाना सहारा टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, मधेशी मोर्चा र संघीय गठबन्धनसँग सहमति गरेर सविधान दर्ता गर्नुस् अनि एमालेसँग कुरा गरौला भनेका थियौ तर उहाँ मान्नुभएन । आज यो लफडा भयो ।

संशोधनका लागि सबै दल तयार भएपछि एमाले मात्र नमानेर हुन्छ, एमाले आफै घेराबन्दीमा परेपछि बाध्य भएर मान्ने अवस्था आउन सक्थ्यो तर अब परस्थिति अर्कै हुन लागेको उहाँले संकेत गर्नुभयो ।

अहिले जसरी एमालेले छाडेको त्यो पहिला नै छाड्नुपर्ने थियो, एमालेले यस्तो गर्छ भने कुरा सबैलाई थाह थियो, महासचिव झाले भन्नुभयो, सरकारमा रहेका दलहरुसँग सल्लाह गरेर मन्त्रीपरिषदबाट पारित गरेर दर्ता गराउनुपर्ने थियो तर अहिले आ भैसी मुझे मार जस्तो भएको छ ।

यसमा काँग्रेसले पनि दोहोरो भूमिका खेलेको दावी उहाँको छ । रामचन्द्र पौडेल, कृष्ण सिटौलाहरुले शेरबहादुर देउवालाई दवाव दिएर एमालेसँग कुरा गर्न बाध्य पारेको दावी महासचिव झाको छ ।

यदि राप्रपाले साथ दिए भने दुई तिहाई बहुमत पुग्ने बताउँदै उहाँले प्रधानमन्त्री एमालेलाई छाडेर यता साना दलहरुलाई मिलाउने तिर ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । सहमतिको प्रयास गर्ने, सहमति नभए दुई तिहाईमा जाने उहाँको सुझाव छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..