» » मातृका यादवले दिनुभयो प्रचण्डलाई यस्तो सुझाव


काठमाडौँ मंसिर ३ गते । नेकपा माआवादी केन्द्रका नेता मातृका यादवले सविधान संशोधनको प्रस्ताव चाँडै संसद्मा लैजान प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई आग्रह गर्नुभएको छ ।

आज विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सो आग्रह गर्नुभएको हो ।
उहाँले संशोधन प्रस्तावका लागि अरु कसैले साथ नदिएपनि त्यसलाई संसदमा दर्ता गराउन सुझाव दिनुभयो ।

‘एमालेले साथ नदेला कि भन्दै संशोधन प्रस्तावका लागि ढिलाई नगर्नुहोस्,’ सुझाव दिँदै नेता यादवले यस बेला मधेशको पक्षमा उभिए राम्रो सन्देश जाने तर्क गरेको उहाँको भनाई उद्धृत गर्दै स्रोतले जनाएको छ ।

मधेशवादी दलले संविधान संशोधनको माग गर्दै गरेको आन्दोलनलाई मातृका यादवले ऐक्यबद्धता जनाउँदै आउनु भएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..