» » सरकार यो देशमा सुजाता मात्र होइन, रीता कापडी पनि क्यान्सर पीडित हुनुहुन्छ


सिरहा, मंसिर ७ गते । सुजाता कोइराला पनि यो देशेको नागरिक र रीता कापरी पनि यो देशको नागरिक । तर सुजताले आफ्नो क्यान्सरको उपचारका लागि राज्यबाट ५० लाख सहयोग पाउँछन् भने रीता कापरी चन्दाबाट उपचार गराउँछन् ।

एउटै देशका नागरिकमाथि यस्तो विभेद किन सरकार सोध्नुहुन्छ रीता कापडी ।

क्यान्सर रोगबाट पिडित सिरहा चिकना ७ की रीता कापरीले सारस्वरनाथ उच्च माध्यमिक विद्यालय सारस्वरका विद्यार्थीहरुले गरेको आर्थिक सहयोगबाट उपचार गराइ रहनु भएको छ भने अर्कोतिर सुजाता कोइराला सरकारबाट ५० लाख रुपियाँ लिएर सिगांपुरमा उपचार गराई रहनु भएको छ ।

रीता कापडीले आफ्नो उपचारका लागि गाउँ गाउँ चन्दा र सहयोगका लागि भौतारि रहनु भएको छ । उहाँ उपचार गर्नका लागि सहयोग माग्दै आइतबार सारस्वर विद्यालयमा आएकी पिडित महिलाको पिडाबाट प्रभावित भइएर प्रत्येक विद्यार्थीले १०÷२० रुपैयाँको दरले लगभग दुई हजार सहयोग गरेको पिडित रीताले बताउनुभयो ।

रीता पेटको क्यान्सरबाट पिडित हुनुहुन्छ । दुई छोरा र एक छोरीकी आमा रीता कापरीकी श्रीमान् चन्द्रदेव कापरी शारिरीक आपाङ्गता भएका व्यक्ति हुनुहुन्छ ।

मागेरै श्रीमान् लगायत छोराछोरीलाई पाल्दै आएकी रीता आफै क्यान्सर रोगबाट पिडित भएपछि आफ्नो परिवार विचलीमा परेको बताउनुभयो ।

आफुसँग सम्पति केहि नभएकोले मागी परिवार पाल्दै आएको र अब उपचारका लागि समेत माग्नु परेको दुखेसो पोख्नुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..