» » जितेन्द्र सोनलको चेतावनीः कार्तिकसम्म सविधान संंसोधन नभए आनदोलनमा जाने


बारा कात्तिक २० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले देश एमालेका अध्यक्ष केपी शर्मा ओलि जस्त रावणको चुड़गुलमा फसेकाले मधेसको मागं संशोधनमा ढिलाई भएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो, मधेसको माग सम्बोधन गराउन आनदोलनको विकल्प रहेको छैन, कार्तिकसम्ममा सविधान संशोधन नभए आन्दोेलनमा जानुको विकल्प रहदैन ।

आनदोलनको लागी तयार रहन कार्यकरतालाई निर्देशन दिँदै महामहन्त्री सोनलले यो संबिधानले मधेसीलाई अघोषित रूपले गुलाम बनाउने भएकले कुनै पनि हालतमा मधेसमा यो संबिधान यथास्थितीमा  कार्यान्वयन नहुने बताउनुभयो ।

बारा क्षेत्र नम्बर चारमा आयोजित शुभकामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो देश एमालेको चक्रभ्युमा फँसिसकेको छ, चक्रभ्युबाट निकाल्नलाई एक पटक पुनः मधेशी जनता जाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा महामन्त्री जितेन्द्र सोनलले पचास जना भन्दा बढी काँग्रेश, एमाले, माओवादीका कार्यकर्ता पार्टी  परित्याग गरि तमलोपामा प्रवेश गरेका छन् ।

ब्रम्हदेव महतोको सभापतित्वमा भएको कार्यक्रममा तमलोपा महामन्त्री जितेन्द्र सोनल, पार्टीका नेता रामचन्द्र सिंह, जवाहर महतो, जगत नरायण महतो, विद्यार्थी फ्रन्ट बाराका अध्यक्ष संतोष यादव , बारा क्षेत्र नम्बर चार प्रवक्ता रमेश सरार्फ, दलित नेता नन्दु राम, पार्टी नेता उदेश पटेल, बिन्दु साहलगायतका नेताले शुभकामना मन्तव्य राख्नु भएको थियो 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..