» » उपप्रधानमन्त्री निधि दिल्लीमा


काठमाडौँ, कात्तिक १८ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा माग लिन भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ ।

उपप्रधानमन्त्री निधिले नेपालका तर्फबाट आज सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री निधिले विपद् जोखिममा नेपालले गरेका प्रयास एवम् भूकम्प र त्यसपछिको पुनःनिर्माणमा सरकारले गरेका कार्यका बारेमा जानकारी गराउनुहुनेछ ।

मङ्गलबार नयाँ दिल्ली जानु भएका उपप्रधानमन्त्री निधि नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको तयारीका लागि आजै नै स्वदेश फर्कनुहुने कार्यरहेको बताइएको छ । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..