» » लक्ष्मीको मुर्ती सेलाउन जाँदा डुवेर मृत्यु



कपिलवस्तु, कात्तिक १८ गते । कपिलवस्तुमा दुई बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–७ मोतिनगरका चन्द्रराम ठाकुरको १८ वर्षीय छोरा सुनिल ठाकुरको सुरही नदीमा डुबेर मृत्यु भएको छ ।

हिजो मोतीनगरमा तिहारको अवसरमा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गर्न सुरही नदीमा गएका सुनिलको पौडिन नसकेकाले ज्यान गएको हो ।

अत्यधिक पानी खाएको हुनाले उनको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

ठाकुरलाई बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको मृतकका बुबा चन्द्रराम ठाकुरले जानकारी दिनुभयो ।

यसैगरी, कपिलवस्तुको बलरामवापुर गाविस बडेगाव निवासी ऋषिराम यादवको १५ वर्षीया छोरी अन्जनी यादवले अन्धविश्वासका करण ज्यान गुमाएकी छिन् ।

अन्जनी बिरामी भएको १२ दिन भएको थियो । बिरामी भएको १२ दिन बित्दासमेत उनको परिवारले औषधि उपचारमा बेवास्ता गर्दै आएको थियो ।

आर्थिक अवस्था पनि राम्रै भएका ऋषिरामले समयमा उपचार गराउन नसकेपछि उनको छोरीको ज्यान गएको हो । औषधि गराए माता रिसाउनु हुन्छ भन्दै परिवार धर्मकर्ममा मात्र व्यस्त रहन्थ्यो ।

उनको परिवारले बिहानै उठेर नुहाई धुवाई गरी नीमको पातले हम्कने, झारफुक गर्नमै व्यस्त हुन्थे । अन्जनीको शरीरमा साना साना फोका निस्किएका थिए ।

मधेसमा शरीरमा फोका निस्कियो भने माताजी निस्किनु भएको छ भन्ने धार्मिक विश्वास अझै जरो गाडेर बसेको छ ।

शरीरमा फोका निस्कनु माताको सवार भएको भन्ने अन्धविश्वासले मधेसमा सयौँ बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ ।

कतै कुनै उपाय नलागेपछि अन्जनीका परिवारले अन्तिम समयमा उनलाई भैरहवा मेडिकल कलेजमा लगेका थिए ।

तर उनलाई अस्पताल लैजान ढिलो गरिएकाले उनको ज्यान बचाउन नसकेको डाक्टरले बताएका छन् । उनको बुधबार ज्यान गएको स्थानीयवासी निरहु यादवले जानकारी दिनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..