» » देउवालाई भेट्दैछन्, मधेशी मोर्चा

काठमाडौ मंसिर १ गते । प्रधानमन्त्री प्रचण्डलाई अल्टिमेटम दिइसकेको दुई दिनपछि संघीय गठबन्धनका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्दैछन् ।

सविधान संशोधन बारे दवाव दिन संघीय गठबन्धनले आज नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवालाई भेट्दैछन् ।

गठनबन्धनका नेताहरुले दिउँसो पाँच वजे सिहदरवारमा सभापति देउवालाई भेट्न लागेको राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनु भएको छ ।

सत्तारुद्ध दलमध्येका नेपाली काँग्रेस दोस्रो मुख्य दल भएका कारणले सविधान संशोधनको विषयमा प्रधानमन्त्री प्रचण्डलाई दिएको अल्टिमेटमको बारेमा जानकारी गराउने जनाइएको छ ।

यसअघि सभापति देउवाले मधेशवादी दलका नेताहरुलाई फोन गरि आफ्ना दलका भातृ संगठन तरुण दलको महाधिवेशन भएका कारणले सविधान संशोधनमा दुई चार दिन ढिलो हुनसक्छ, त्यसका लागि आन्दोलन नगर्न आग्रह गर्नुभएको थियो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..