» » छठ पर्वको अवसरमा विभिन्न ठाउँमा मेलाको आयोजना


रबिन्द्र यादव
कार्तिक नवलपरासी २१ गते । नवलपरासीमा छठ पर्वको अवसरमा जिल्लाको विभिन्न ठाउँमा मेला लाग्ने गरेको छ ।

 सदरमुकामस्थित परासी बजार, त्रिबेणी धाम, गुठी परसौनीको वार्ड नम्बर १ र ५ नारायणी नदिको किनार ठाडी घाट, नर्सहीको ठोकर नम्बर १२, महेशपुर, हरपुर, सरावल, बसहिया, बर्दघाटे, बेलासपुर, बेलाटारी लगायतका ठाउँमा मेला लाग्ने गरेको बताइन्छ ।

छठ पर्वको महत्त्व दिन प्रति दिन बढदै गइरहेको छ । हिन्दु धर्मावलम्बीले मनाइदै आएको छठ पर्व आजभोलि मुस्लिम समुदायको दिदिबहिनीले समेत मनाइदै आएको देख्न सकिन्छ ।

नवलपरासी जिल्लाको विभिन्न जलाशय घाट झिलमिल बत्तीले सजाइएको छ । यो पर्वमा कोष्टी भगवतीको पुजा अर्चना गरि पुत्र पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।

विशेष रुपमा तराई भेगमा श्रद्धा र भक्ती पुर्वका मनाइन्छ । यस पर्वको अवसरमा पंचमीका दिन देखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठा पुर्वक नजिकको जलायसमा स्नान गरि बेलुकी पख दूध चामल उखुको रस भेली मा खिर पकाई यथा स्थानमा आफुले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई सो खिर खुवाइने चलन छ ।

परम्परा अनुसार छठको पहिलो दिन साझ अस्ताउदो सुर्यलाई नजिकको जलासयमा उभिएर पुजा सहित अर्घ दिएपछि रातभर नदि तथा पोखरी तलाउ किनारमा बसी छठी मइयाको भजन किर्तन गर्दै भोलि पल्ट सप्तमीका दिन बिहान उदाउँदो सुर्यलाई पुनः पुजापाठ सहित अर्घ दिएपछि विसर्जन गरिन्छ ।


पवित्र मनले छठ पर्व मानउदा पारिवारिक कल्याण सन्तान प्राप्त सुख शान्ति तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । श्रृटीको सुरुवात देखि नै सुर्यको उपवास गरिदै आएको पाइन्छ ।

अग्नि पुराणमा पनि खस्ती व्रतको प्रसंग उल्लेख छ । १४ बर्षको बनवास र एक बर्षको अज्ञात बाँस बसेका बेला कुन्ति द्रौपति सहित पाण्डवले छठ व्रत गरेको महाभारतमा पनि पाइन्छ ।

त्रेता युगमा राजा दशरथ को रानी कौशल्याले पनि छठ व्रत गरेको पाइन्छ । कार्तिक महिनामा मनाइने छठ लाई ठुलो छठ भनिने गरिन्छ ।

चैतको खष्ठी तिथिमा पनि छिमेकी राष्ट्र भारतको बिहार, उत्तर प्रदेश तथा नेपालको पुर्वमा मिथिलामा समेत मनाइने गरिन्छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..