» » निजि उधोगी दलीय संरनाको बिरोधमा

योगेन्द्र राय यादव
केन्द्रीय सदस्य, सदभावना पार्टी 
कहावत छ " एक्कलै बृहस्पति पनि झुठो हुन्छ " आदरणीय महन्थ र राजेन्द्र जी मधेशको धरातलीय परिस्थिती र संवेदनशीलता त कम्तीमा बुझने प्रयास गरिदिनुस, जुन संविधानसभा भाग २ मा तपाईहरुले प्राप्त गर्नुभएको जनमत हो ।

उपेन्द्र जी लगायत मोर्चाका अरु  घटकहरुकोबारेमा तत्काल कुरा गर्नुपर्दा उपेन्द्र यादवजीको फोरम नेपालबारे त  कुरा गर्न शायद सोच्ने पर्ने हुन्छ किनकी उपेन्द्र यादव जी दिनमै सपना देख्दै हुनुहुन्छ देउवा , ओली , प्रचण्ड जस्तै राष्ट्रिय पार्टी को राष्ट्रीय अध्यक्ष बन्नका लागि । अत : तपाई दुई महानुभाव त कम्तिमा पार्टी एकता गर्नुस् / आफ्नो लागि नभए पनि मधेश र मधेशी जनताका लागि । जीवनको युवाकाल खण्डमा तपाईहरु धेरैे राम्रा कामहरु गर्नुभएको होला कसैले चासो राखेन तर जीवनको उतरार्धमा मधेशले मधेशी पार्टी र नेताबीच  एकता खोजेको हो ।

कम्तिमा कमल थापा र पशुपति शम्शेर राणाबाट त प्ररेणा लिदिनुस । केवल लामो लामो बोली र आरोप / प्रत्यारोपले काम चलनेवाला छैन । अब त मधेशका जनता समेतले तपाईहरुको नियत माथि शंका गर्न थाल्यो। निजी उधोगरुपी दलीय संरचनाको बिरोधमा मधेशी जनता रहेका छन । सबै मधेशी जनता सार्वजनिक र  साझा उधोग रुपी मधेशी दल संचालनमा हेर्न चाहेका हुन ।

नत्र जुन जोश र चासोले तीन ठुल्ला दल चुनावका लागि अगाडी बढदै छन् यदि चुनाव भयो भनेे तपाई संगै लागेका हामी जस्ता हनुमानहरुको पनि राजनीति भविष्यको "ओम नमा स्वाह " हुन बेर लाग्दैन । तपाई दुवै जनाको अगाडी पछाडी हुने सानो र जनमतविहिन झुण्डले नानाकिसिमका स्वार्थ पुर्ण तर्क दिदै यहाहरुलाई महान बनाईरहेका होला तर यथार्थ त्यो होईन ।


जिरो ग्राउण्डका बास्तविकता पृथक रहेका छन् । त्यो भनेको निर्वविवादरुपमा दलीय एकता नैे हो । मधेशले एकीकृत शक्ति खोजेका छन् र राज्यसंग आफ्नो अधिकारका लागि आरपारका लडाई लडन चाहेका छन , त्यसको चरित्र कस्ता हुन्छन त्यो धरातलले लिने स्वरुपमा निर्भर पर्ने कुरा हो । अत : बडो साहसका साथ म यो प्रसंग लेखने कोशिश गरेको छु  । हुनसक्छ तपाईहरुका लागि कर्णप्रिय नहुनसक्ला तर वास्तविकता यही हो ।

 छाती फराकिलो गरेर महन्थ र राजेन्द्रजीले तमलोपा र सदभावना पार्टी एकीकरणका लागि अगाडी बढनसक्नु पर्छ । संविधानसभा २ ले दिएको जनमतलाई चुनौती दिने प्रयास नगर्नुहोस नत्र सिद्धिन पनि बेर लाग्दैन । एकता गर्नुस मधेशका जनता रेड कार्पेटले स्वागत गर्न तयार छन । अवश्य दुवै जना पढनुहोला र मन्न पनि गर्नुहोला ।

नरिसाईदिनुहोला , रिसाएर अब काम चलने अवस्था छैन किनकी हामी जस्ता युवाहरू मधेशमा झर्दा चाचा , पन्नालाल भईया , निरहुआ बबुआ, नवकी कनिया , पंच दादा , मुखियाजी, खेशारीलाल हरुजस्ताले सोध्ने गरदोरहेछन कि  "तु सब कबतक फुटल ढोल के जेना रहबहु , सब मधेशी दल एक होनजा " । हामी त्यो बेला अक न बक हुन्छौ ।.....

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..