» » प्रधानन्यायधिश सुशिला कार्कीमाथि महाअभियोग किन नलगाउने ?

काठमाडौ मंसिर ४ गते । प्रधानन्यायधिश सुशिला कार्की सप्तरी गएको बेला मधेशी महिला घुँघटमा बसेको कारण समावेशी समानुपातिक हुन नसकेको असायको अभिव्यक्ति दिनुभएको थियो । 

सो अभिव्यक्तिका कारण प्रधानन्यायधिश कार्कीको सर्वत्र विरोध शुरु भएको छ । मधेशका युवा युवतीहरुले समाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले प्रधानन्यायधिश कार्कीलाई मधेशको सँस्कृति परम्परालाई अपमान गर्ने अधिकार नरहेको बताउनु भएको छ । 

घुँघट मधेशको पहिचान र शान हो, प्रधानन्यायधिश जस्तो व्यक्तिले विरोध गर्न नहुने बताउँदै महासचिव झाले कार्कीको भनाईप्रति अपत्ति जनाउनु भएको छ ।

उहाँले मधेशलाई अपनमान गरेको कारणले प्रधानन्यायधिश कार्कीमाथि महाअभियोग लगाउनुपर्ने बताउनुभयो । 

अधिकार दिने कुरा घुँघटलाई बहाना बनाउनु हुँदैन, घुँघटमा बसेर पनि धेरै गनृ सकिन्छ, प्रधानन्यायधिश जस्तो पदमा बस्नुभएको छ, मधेशको अधिकार दिलाई दियोस् र हेरोस् घुँघटमा बसेका महिलाले कति गर्न सक्छ, महासचिव झाले भन्नुभयो, मधेशमाथि विभेद गर्न, शोषण गर्न कुनै कशर बाँकी नराख्नेहरु मधेशमा गएर मधेशलाई अपमान गर्न सुहाउँदैन ।

फेसबुकमा भएका टिप्पणीहरु




About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..