» » अङ्गीकृतलाई उच्च पद दिन सकिन्न – मन्त्री केसी


भक्तपुर, मङ्सिर ४ गते । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकारले दलहरुको सहमतिबाटै संविधान संशोधन गर्ने बताउनुभएको छ ।

भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकास्थित संयुक्त बौद्धिक समाजले प्रकाशन गरेको ‘अनन्तलिङ्गेश्वर नगरपालिका ः विविधता एक चिनारी’ नामक पुस्तकको विमोचन गर्दै उहाँले सहमतिबिना संविधान संशोधन नहुने बताउनुभएको हो ।

“संविधान सहमतिको दस्तावेज हो, सहमतिबिना संविधान संशोधन हुँदैन, सहमतिको विकल्प छैन”, उहाँले भन्नभयो – “संविधान संशोधनबिना संविधान कार्यान्वयन पनि हुँदैन, त्यसैले सहमतिमै संविधान संशोधन हुन्छ, हुनुपर्छ ।”

देशको आधा जनसङ्ख्या ओगटेको मधेसको मागलाई सम्बोधन गर्न पनि संविधान संशोधन आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो–“मधेसको माग सम्बोधन गर्न र संविधान कार्यान्वयन गर्न संविधानमा केही न केही संशोधन हुनुपर्छ ।” संविधान संशोधन नगरेसम्म निर्वाचनको वातावरण नबन्ने उहाँको तर्क थियो ।

मन्त्री केसीले संविधान संशोधनको नाममा कुनै पनि हालतमा अङ्गीकृत नागरिकलाई राज्यका सर्वोच्च पद दिन नहुने बताउँदै यसबारे संसद्, सरकार र आफ्नो पार्टी नेपाली काँग्रेसमा समेत कुनै छलफल नभएको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयन नभए संविधानविहीनताको अवस्था आउने र देश द्वन्द्वमा फस्ने बताउँदै सहमति र सहअस्तित्वको आधारमा प्रमुख तीन दल र मधेसी मोर्चा मिलेर अहिलेको चुनौती र अप्ठ्यारोलाई चिर्नुपर्ने चर्चा गर्नुभयो ।

सहमतिका लागि दलहरुबीच निरन्तर संवाद भइरहेको बताउँदै उहाँले वाद, प्रतिवाद र संवादबाटै गतिरोधको निकास निस्कने विश्वास व्यक्त गर्नुभयो । नेपालको राष्ट्रिय भाषा नेपाली नै हो भन्दै उहाँले अन्य जातजातिले बोल्ने र भाषा आयोगले सूचीकृत गरेका भाषा देशको राष्ट्रभाषा मात्र भएको बताउनुभयो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..