» » सविधान संशोधनको बारेमा प्रचण्डले मधेशी मोर्चासँग छलफल गर्दै



काठमाडौ मंसिर ८ गते । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग सविधान संशोधनको बारेमा छलफल गर्न लाग्नु भएको हो ।

अहिले नौ बजेदेखि आफ्नै निवास बालुवाटारमा मधेशी मोर्चाका नेताहरुलाई बोलाएर छलफल गर्न लागेको राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी गराउनु भयो ।

सविधान संशोधनमा एमालेसँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चासँग छलफल गरि सविधान संशोधन गर्ने तयारीमा हुनुहुन्छ ।

मधेशी मोर्चाले सविधान संशोधनका लागि प्रधानमन्त्री प्रचण्डलाई १५ दिनको अल्टिमेटम समेत दिएका छन् ।






 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..