» » कानुनमन्त्री नायकले भन्नुभयो, भारतीय संविधान सङ्घीय संरचनामा उपयोगी



काठमाडौँ, मङ्सिर १० गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले भारतीय संविधान सङ्घीय संरचनामा निकै उपयोगी भएको बताउनुभएको छ ।

भारतको संविधान १२५ औँ स्थापनाका अवसरमा नेपाल–भारत बिपी कोइराला फाउन्डेसनले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले भारतको संविधान मौलिक हक, न्यायिक स्वतन्त्रताका साथै सङ्घीय संरचनामा उपयोगी भएको बताउनुभयो ।

विश्वकै ठूलो संविधानका रुपमा परिचित भारतको संविधान मौलिक र त्यहाँको जनताको भावना बुझ्ने खालको भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत रणजित रायले भारतको संविधान निर्वाचित प्रतिनिधिले नबनाएको भए तापनि कठोर नभई लचिलो भएको बताउनुभयो ।

उहाँले नेपाल–भारतबीच धार्मिक तथा सांस्कृतिक रुपमा नजिकको सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्रलालले भारतको संविधानमा शक्ति पृथकीकरण र सन्तुलनको दृष्टिकोणले निकै उपयुक्त भएको बताउनुभयो ।

प्रा डा सूर्य ढुङ्गेल, डा निश्चलनाथ पाण्डेले भारतको संविधान सङ्घीय संरचनामा निकै राम्रो देखिएको र ठूलो संविधान भइकन पनि प्रभावकारी कार्यान्वयन हुनु अत्यन्तै राम्रो विशेषता भएको चर्चा गर्नुभयो । 

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..